कास्की ३(ख) मा काँग्रेसबाट देवेन्द्रको सम्भावना बलियो

हिमाली आवाज । देश दसैंमय छ । दसैंसँगै राजनीतिक सरगर्मी पनि चढ्दैैछ । आगामी मंसिर ४ माहुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेद्वार मनोनयन दर्ताको मिति नजिकिएसँगै दलहरु उम्मेद्वार छनोटको कसरतमा छन । उम्मेद्वारका आकंक्षीहरु पनि टिकट लागि दौडधुप गरिरहेका छन ।

बुढा र पुराना जनप्रतिनिधिबाट वाक्क भएका जनताले युवा, सक्षम र क्षमतावान उम्मेद्वार खोजिरहेको गएको स्थानीयतहको निर्वाचनले प्रमाणित गरिदिएको छ। कास्कीका जनता यसपालि प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा युवा उम्मेद्वारलाई राजनीतिक दलहरुले प्राथमिकता दिनुपर्ने पक्षमा देखिन्छन ।

विकास र सम्वृद्धिका लागि लोकप्रिय युवाको खोजि भईरहेको समयमा कास्की३(ख)मा नेपाली कांग्रेसले युवा व्यवसायी देवेन्द्र केसीलाई टिकट दिने सम्भावना बलियो बनेको छ । इतिहासको ब्याज खाने नेता भन्दा उर्जाशिल युवाको आवश्यकता भएको वहस हुन थालेकाले केसीलाई पार्टीले प्रदेश सभाको चुनाव लड्नलाई टिकट दिने चर्चा कास्की कांग्रेस वृत्तमा व्यापक छ । नेपालीकांग्रेसको गण्डकी प्रदेश सदस्य समेत रहनुभएका केसीलाई प्रदेश सभा सदस्य उम्मेद्वार बन्नका लागि सिफारिस गरिसकेको छ ।

पोखरेली जनतामा सामाजिक र व्यवसायीक छवि बनाएका केसी टिकट पाएको खण्डमा अत्याधिक मतले विजयी हुनेमा आशावादी हुनुहुन्छ । ‘पेसेवर राजनीतिले हैन् क्षमताको आधारमा नेतृत्व स्थापित हुनुपर्छ’, उहाँले भन्नुभयो । अग्रजको अनुभवलाई सम्मान गर्दैै नेतृत्व युवा पुस्तालाई दिनुपर्ने उहाँको मत छ ।

३६ बर्षीय केसी सफल युवा व्यवसायी हुनुहुनछ । उहाँले केसी कुटी ग्रुपका दर्जन बढी व्यवसायीक संस्थालाई हाकिरहनुभएको छ । कुटी रिसोर्ट, होटल कुटी, कुटी एग्रो, लेविज मिनिरल वाटर उद्योग, कुटी बैंक्युट, सुपर मेट्रो टुर्स एण्ड ट्राभल, सोनिया अटोमार्ट, सल्यान भदौरे किराना स्टोर्स, बलेनी क्याफे, कुटी अपार्टमेन्ट एण्ड रियलस्टेट कम्पनी लगायतमा केसीको लगानी छ ।सिर्जनशिल राजनीतिकर्मीको छवि बनाएका उहाँले चार सय बढीलाई रोजगारी समेत दिनुभएको छ ।

राजनीति फोहोरी खेल भईरहेको बेला केसी जस्ता उद्यमशिल र सिर्जनशिल युवाहरुको उपस्थिती भएमा देशले काँचुली फेर्नेमा जनता पनि आशावादी बनेका छन् ।

केसीले केही समय अगाडी सम्पन्न भएको पोखरा उद्योग वाणिज्य संघको उद्योग उपाध्यक्षमा भारी मतान्तरले विजयी हुनुभयो । पोखरेलीमाझ उहाँ कति लोकप्रिय हुनुहुन्छ भन्ने उद्योग वाणिज्य संघको चुनावमा प्राप्त गरेको मतले पुष्टी गरिसकेको छ ।

केसीले एक हजार ७९१ मत प्राप्त गर्दा उनका निकटम प्रतिष्पर्धी हिरामणि पण्डितले ७२० मत प्राप्त गर्नुभएको थियो। केसी निर्वाचन मैदानमा होमिएको प्यानलका अधिकांश उम्मेद्वार पराजित हुदा उहाँले भारी मतान्तरले विजयी हुनुभएको थियो ।

Comments
Loading...