हिमाली आवाज । पोखरामा सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा पोखरा १३ भद्रकाली बस्ने २९ बर्षिय विशाल नेपालीको बुधबार राति ८ बजे भएको दुर्घटनामा परी मृत्यु भएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुन्दरकुमार तिवारीले जानकारी दिनुभयो ।
ग ७ प २५९२ नम्बरको मोटरसाईकल पोखराको दीपमा दुर्घटनामा परेको हो । दुर्घटनाको विषयमा अनुसन्धान भइहरेको प्रहरीले जनाएको छ ।