हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) गण्डकी प्रदेशको गोरखाबाट उम्मेदवार बन्नुहुने भएको छ ।

आगामी मंसिर ४ गतेको निर्वाचनमा उहाँ गोरखाको क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने निश्चित भएको सो पार्टीले जनाएको छ ।
आज बसेको पार्टी पदाधिकारी बैठकमा दाहालले गोरखाबाट उम्मेदवार बन्ने बताउनुभएको थियो । अध्यक्ष दाहाल यसअघि विसं २०७४ को निर्वाचनमा चितवनको क्षेत्र नं ३ बाट निर्वाचित हुनुभएको थियो ।