हिमाली आवाज । लमजुङको ऐतिहासिक पर्यटकीय मेमेपोखरी घुम्ने क्रममा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । सँगै गएका ५ जनामध्ये ३ जना भेडी गोठमा बसिरहेका छन् । मौसम खराबीका कारण उनीहरूको उद्धार हुन सकेको छैन ।

लमजुङको बेंसीशहर नगरपालिका १०, साँधुका २६ वर्षीय दयासागर योन्जनको मृत्यु भएको हो । उहाँसँगै यात्रा गरिरहेकी श्रीमती २४ वर्षीया शर्मिला तामाङ सम्पर्कविहीन हुनुहुन्छ ।
बेपत्ताको खोजी कार्यमा जुटेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु विकका अनुसार मेमे पोखरी घुम्न गएका ५ जनामध्ये एक जनाको श्रीमान्को मृत्यु भएको र श्रीमती बेखबर बनेको अन्य ३ जनाले बताएका छन् ।