हिमाली आवाज । गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बरालले कास्की निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यमा गठबन्धनबाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।
यसैगरी सो क्षेत्रको प्रदेशसभा क्षेत्र नं १ मा गठबन्धनबाट माओवादी केन्द्रका दुर्गादत्त भण्डारी र क्षेत्र नं २ मा नेपाली काँग्रेसका प्रकाश बरालले उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ ।
यसैगरी कास्कीका अन्य क्षेत्रहरुमा पनि सत्ता गठबन्धन र नेकपा(एमाले), साना राजनीतिक दल, स्वतन्त्र तर्फबाट उम्मेदवारी दर्ता भएको छ ।
कतिपय ठूला दलबाट बागी उम्मेदवारी समेत परेको छ । कास्कीको निर्वाचन क्षेत्र नं १ मा गठबन्धनबाट नेपाली काँग्रेसका किशोरदत्त बरालले उम्मेदवारी दर्ता गराउनुभएको छ । यसैगरी सो क्षेत्रको प्रदेश निर्वाचन क्षेत्र नं १ मा गठबन्धनबाट माओवादी केन्द्रका दीपक कोइराला र क्षेत्र नं २ मा काँग्रेसका दीपक गुरुङ (माईला)ले उम्मेदवारी दर्ता गर्नुभएको छ ।

प्रतिनिधिसभा क्षेत्र नं १ मा नेकपा एमालेका तर्फबाट मनबहादुर गुरुङ र प्रदेशसभातर्फ क्षेत्र नं १ मा खगराज बराल र क्षेत्र नं २ मा बेदबहादुर गुरुङको उम्मेदवारी दर्ता भएको छ ।
यसैगरी क्षेत्र नं २ मा प्रतिनिधिसभामा सत्ता गठबन्धनबाट नेकपा(एकीकृत समाजवादी)का श्रीनाथ बराल र एमालेका विद्या भट्टराईको उम्मेदवारी दर्ता भएको छ । प्रदेशसभातर्फ गठबन्धनबाट क्षेत्र नं १ मा विश्वप्रकास लामिछाने र क्षेत्र नं २ मा विन्दुकुमार थापा तथा एमालेकातर्फबाट प्रदेश क्षेत्र नं १ मा भीम कार्की र क्षेत्र नं २ मा मीना गुरुङले उम्मेदवारको मनोनयन दर्ता गर्नुभएको छ ।
कास्कीको क्षेत्र नं ३ मा नेकपा(एमाले)बाट प्रतिनिधिसभामा दामोदर बैरागी तथा प्रदेश क्षेत्र नं १ मा गणेशमान गुरुङ र क्षेत्र नं २ मा राजीव पहारीको उम्मेदवारी परेको छ ।