कास्की क्षेत्र नं ३ मा एमालेको बागी उम्मेदवारी

हिमाली आवाज । कास्कीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ मा नेपाल कम्युनिष्ट पार्टी(एमाले)का आधिकारिक उम्मेदवार दामोदर बैरागीका विरुद्ध बागी उम्मेदवारी परेको छ ।

एमाले गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य एवं साविक ल्वाङघलेल गाउँ विकास समितिका अध्यक्ष समेत रहनुभएका जगन्नाथ बास्तोलाले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको हो ।

पार्टीको निर्वाचन क्षेत्र समन्वय समिति र जिल्ला कमिटीबाट उम्मेदवार सिफारिसमा पर्नु भएका बास्तोलाले पटक पटक आफूलाई अन्तिम समयमा टिकट पाउनबाट बञ्चित गरिएकाले स्वतन्त्र उम्मेदवारी दिएको बताउनुभयो । एमालेबाट बैरागी सहित नेता बास्तोलको पनि उम्मेदवारी सिफारिस गरिएको थियो ।

पार्टीका आधिकारिक उम्मेदवारका विरुद्ध उम्मेदवारी दर्ता गराउनुभएका बास्तोला माछापुच्छ«े गाउँपालिका–८ निवासी हुनुहुन्छ । सो क्षेत्रबाट गठबन्धनका साझा उम्मेदवार गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बराल र नेकपा एमालेबाट दामोदर बैरागी उम्मेदवार हुनुहुन्छ ।

क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धन, नेकपा(एमाले) र स्वतन्त्र गरी १८ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 

Comments
Loading...