हिमाली आवाज । नेपाल निर्माण व्यवसायी संघ कास्कीको संस्थापक अध्यक्ष शहिद शरद कुमार गौचनको पाँचौ स्मृति दिवसमा संघले पोखराको मानवसेवा आश्रमलाई सहयोग गरेको छ ।
संघले शहीदको स्मृतिमा सो आश्रमलाई रु २५ हजार बराबरको अत्यावश्यक सरसफाईका सामग्री तथा नगद रु आठ हजार ७५० सहयोग गरेको हो ।
सहयोग हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि अतिथि नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष खिमप्रकाश मल्लले शहीद गौचनको योगदानको स्मरण गर्नुभयो ।
कार्यक्रममा संघका केन्द्रीय सदस्य सुरेश श्रेष्ठ, सल्लाहकार मुक्ति प्रसाद तिमिल्सिना तथा कार्यसमितिका पदाधिकारी सहभागि भएको संघका कार्यवाहक अध्यक्ष सुवर्ण श्रेष्ठले हिमाली आवाजलाई जानकारी दिनुभयो ।

