हिमाली आवाज । राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकीका महामन्त्री माधव प्रसाद कँडेलले आसन्न निर्वाचनका लागि मनोनयन दर्ता गराउनुभएको छ ।
प्रतिनिधि सभा कास्की क्षेत्र नं. २ मा चुनाव लड्न उहाँले मनोनयन दर्ता गराउनुभएको हो । कँडेल एक कुशल शिक्षक भएर लामो समय सम्म अध्यापन क्षेत्रमा कार्यरत हुनुहुन्थ्यो । कँडेल हाल देशमा भइरहेको भ्रष्टचार, व्यतिथि बिरुद्ध आजित भई सुन्दर देश निर्माण गर्नका निम्ति आफु राजनितिमा होमिएको बताउनुहुनछ ।

“मेरो उमेद्ववारी सुसासनको पक्षमा हुनेछ भ्रष्टचारको बिरुद्धमा हुनेछ, शिक्षा, स्वास्थ्य र पूर्वाधार बिकासको पक्षमा हुनेछ । ” उहाँले भन्नुभयो । युवाहरुको पक्षमा देशमै राजगारी सिर्जना गरि देशमै रहने, हिमाली क्षेत्रको पानीलाई प्रसोधन गरि निर्यात गर्ने उर्जा बिक्री, जडिबुटी प्रशोधन गरि निर्यात बढाउने, पर्यटन क्षेत्र लगायतका मुुद्धा उहाँका छन् ।
कडेँलको प्रस्तावक कृष्ण मुरारी कँडेल र समर्थक दिनेश आचार्य रहेको कास्की क्षेत्र नंं. २ निर्वाचन परिचालन समिति संयोजक विकास भुर्तेलले हिमाली आवाजलाई जानकारी दिनुभयो ।