पहिरोमा पुरिएर तीनको मृत्यु, आठ बेपत्ता

काठमाडौँ । मुगुको छाँयानाथ रारा नगरपालिका–११ मा पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ । नगरपालिकाको सालिम भन्ने ठाउँमा मानबहादुर कुमाइको घर पुरिँदा आठ जना बेपत्ता भएका हुन् ।

उद्दारका लागि घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिनुभयो । घटनाको विस्तृत विवरण प्राप्त भैसकेको छैन ।

Comments
Loading...