सृजना विकास केन्द्र ४३ औँ वर्षमा

हिमाली आवाज । सामाजिक संस्थाको रुपमा स्थापित सृजना विकास केन्द्रले ४३ औं वार्षिक उत्सव मनाए को छ । संस्थाले वार्षिक उत्सवको अवसरमा मानवसेवा केन्द्रमा सहयोग वितरण, तथा शुभकामना आदान प्रदान गरिएको छ ।

२०३७ मा यूवा क्लबको रुपमा शुरुवात गरिएको केन्द्र मार्फत सृजना बहिरा विद्यालय, जनप्रिय बहुमुखी क्याम्पस, सृजना लघुवित्तको स्थापना सहित सृजना बालगृह, सृजना खानेपानी परियोजना सहित शिक्षा, स्वास्थ्य, केन्द्रीत सामाजिक कार्यहरुगरिदै आएको अध्यक्ष कृष्ण बहादुर थापाले बताउनुभयो ।

खुल्ला सडकमा परिवार विहीन भएर बसेका सबै उमेरका महिला पूरुषलाई सम्पूर्ण सेवा सहित पूर्ण आवासीय बासको लागि रु आठ करोडको लागतमा भवन निर्माण शुरुगरिएको र हाल पोखरामा मात्र २ सयभन्दा बढी आश्रित रहेको निर्माण समितिका अध्यक्ष विष्णु प्रसाद बरालले बताउनुभयो ।

केन्द्रका अध्यक्ष कृष्ण बहादुर थापाको सभापतित्वमा भएको कार्यक्रममा सल्लाहकारहरु हरिप्रसाद बराल, राज कुमार गिरी, विरेन्द्र नारायण विजुक्छे, परर्शुराम बराल निर्वतमान अध्यक्ष इन्द्र पौडेल प्रथम उपाध्यक्ष कृष्णमान ठुसाजु, आश्रमको उपाध्यक्ष मदन थापा महासचिव विश्व श्रेष्ठ लगायतले आ–आफ्नो धारणा राख्नुभयो । कार्यक्रममा सुशान्त पौडेलेको जन्म दिनको अवसरमा फलफूल वितरण गरिएको थियो ।

Comments
Loading...