हिमाली आवाज । पोखराको सेतीनदीमा हामफालेर एक जना बेपत्ता भएका छन् । वेपत्ता हुनेमा बागलुङ नगरपालिका वडा नं. ३ घर भइ हाल पोखरा १५ नयाँगाउँ बस्दै आएका ४५ वर्षका अर्ण (केदार) बहादुर खड्का छन् ।

आज बिहान ६ बजे सेतीमा हामफालेर वेपत्ता भएका उनी साँझ ६ बजेसम्म पनि फेला परेका छैनन् । पोखरा–७ घारीपाटनस्थित सीताराम पुलबाट हामफालेर केदार वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।