पोखराको बेगनास तालमा डुंगा पल्टियो, एक जना बेपत्ता

हिमाली आवाज । पोखराको बेगनास तालमा आज दिउसो साढे ४ बजेतिर डुंगा पल्टिएर एक जना बेपत्ता भएका छन् ।

शुक्रबार दिउँसो परिवार र छिमेकीसहित पोखरा–३१ माझिकुनामा घुम्न गएका पोखरा–१३ बाँझापाटनका ३८ वर्षीय लालबहादुर गुरुङ बेपत्ता हुनुभएको छ ।

सोही वडाका वडाध्यक्ष ढकनाथ कँडेलका अनुसार बेपत्ताको खोजी कार्य भइरहेको छ । फरक डृँगामा सँगै गएकी महिलाले गुहार मागेपछि बल्ल जानकारी भएको उहाँले बताउनुभयो ।

Comments
Loading...