हिमाली आवाज । पोखराको बेगनास तालमा डुङ्गा पल्टिँदा शुक्रबार साँझ एक जनाको मृत्यु भएको छ ।

पोखराको माझीकुना स्थित बेगनासतालमा डुङ्गा पल्टिँदा पोखरा १३ बाझपाटन घर भएका ३८ वर्षीय लालबहादुर गुरुङको डुबेर मृत्यु भएको हो । गुरुङले माझीकुनाको एक स्थानीय होटलबाट आफै कायक डुङ्गा लिएर तालमा घुम्न गएको बताइन्छ ।
उनीसँगै गएकी एक महिलाले गुरुङ डुबेपछि सहयोगका लागि गुहार मागेकी थिइन् । त्यस लगत्तै महिलाको उद्धार गरेर खोजीकार्य थाले पनि गुरुङ भने फेला परेका थिएनन् । पछि गुरुङको शव दुई घण्टापछि फेला परेको थियो ।