प्याराग्लाइडिङ बन्द गर्नु उचित छैन,अन्तर्राष्ट्रिय क्षेत्रमा गलत सन्देश जान्छ : अर्थमन्त्री बराल

हिमाली आवाज । गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजी प्रसाद बराल (जीवन)ले हाल बन्द गरिएको सहासिक खेल प्याराग्लाईडिङ पुनः संचालन गर्न माग गर्नु भएको छ ।

मन्त्री बरालले आज एक अपिल जारी गरी दुर्घटनामा परी निधन भएको घटनालाई लियर देशै भरी संचालन भएको सहासिक खेल प्याराग्लाईडिङ बन्द गर्नु उचित निर्णय नभएको उल्लेख गर्नुभएको हो ।

मन्त्री बरालले पोखराको पर्यटनको लागि महत्वपूर्ण  भूमिका निर्वाह गरिरहेको प्याराग्लाइडिङ खेलमाथि नै प्रतिबन्ध लगाउने वा पोखराबाट विस्थापन गर्ने भन्नेजस्ता विषयहरु सतहमा आएको घटनाले समग्र पोखराको प्याराग्लाईडिङ व्यवसायलाई  धरापमा पार्न खोजिएको जाउनुभयो ।

हवाइ क्षेत्रको नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले गत आइतबार प्याराग्लाइडिङ दुर्घटनामा परेर पोखराका खेलाडी निसिम थापाको मृत्युपछि देशभर प्याराग्लाइडिङ सञ्चालनमा रोक लगाएको थियो।

मन्त्री बरालले भन्नुभयो “घटनाको छानबिन हुनैपर्छ, तर, यो निर्णयले करोडौं लगानीमा सञ्चालित प्याराग्लाइडिङ कम्पनी तथा खेलको भविष्य माथि संकट सिर्जना हुन लागेको प्याराग्लाइडिङ नियमनकारी निकायहरुबाट स्वीकृति लिएर संचालनमा आएको व्यवसाय हो, त्यसको सुरक्षा गर्नु राज्यको कर्तव्य हो ।” संसारभर जोखिमपूर्ण खेलहरुमा निश्चित सुरक्षा मापदण्ड कायम भएको उल्लखे गर्दै मन्त्री बरालले मापदण्ड पालना गर्नु खेलाडी, तत् कम्पनी तथा नियमनकारी निकायको कर्तव्य भएको बताए ।

हरेक साहसिक खेलहरु जोखिमपूर्ण हुने गरेको उल्लेख गर्दै मन्त्री बरालले  दुर्घटनालाई नै कारण बनाएर खेल गतिविधि नै बन्द गर्नु न्यायोचित नहुने उहाँले स्पष्ट पार्नुभयो ।  पोखरा र नेपालको सन्दर्भमा विदेशी मुद्रा आर्जन गर्ने, पर्यटकलाई पोखरामा आकर्शित गर्ने प्याराग्लाइडिङ बन्द गराउनु वा बन्द हुँदैछ भन्ने सन्देश प्रवाह गर्नुले पोखराको पर्यटन क्षेत्रलाई थप प्रभावित पार्ने उहाँले जनाउनुभयो ।

मन्त्री बरालले नवौं खेलकुद प्रतियोगितामा समावेस भएको प्याराग्लाईडिङ खेल समेत आवश्यक मापदण्ड पुरा गरी संचालन गर्न माग गर्नुभएको छ ।

अन्तर्राष्ट्रिय बजारमा गलत सन्देश प्रवाह हुने जोखिम बढेको उल्ल्खे गर्दै मन्त्री बरालले अतः प्याराग्लाइडिङको सन्दर्भमा अहिले देखिएको अन्यौलको तत्काल अत्य गरी सुरक्षाका मापदण्डको पूर्ण पालना, नियमन र जिमेवारपूर्ण तरिकाले यो साहसिक खेल तत्कालन संचालनमा ल्याइयोस् भन्दै जोडदार माग अपिलमा गर्नुभएको छ ।

Comments
Loading...