नवौं राष्ट्रिय खेलकुद:पुरुषतर्फ गण्डकी र महिलामा एपिएफलाई म्याराथनको उपाधि

हिमाली आवाज । पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आज सम्पन्न पुरुष म्याराथनमा गण्डकी प्रदेशले स्वर्ण पदक जितेको थियो । गण्डकीका अनिश थापामगरले निर्धारित दूरी दुई घण्टा २२ मिनेट ५४ सेकेन्डमा पूरा गरी च्याम्पियन बन्नुभएको हो ।

यसैगरी विभागीय नेपाली सेनाका कृष्ण बस्नेतले दुई घन्टा २३ मिनेट १४ सेकेन्डमा दूरी पार गरी रजत पदक जित्दा सशस्त्र बल एपिएफका सन्तोष विक्रम विष्टले दुई घन्टा ३० मिनेट ५४ मिनेटमा निर्धारित दूरी पार गरी कास्य पदक जित्नुभयो ।यसैगरी महिला म्याराथनमा सशस्त्र प्रहरी बलको एपिएफका वृन्द्राधन श्रेष्ठले जित्नुभएको छ ।

पोखरा रङ्गशालाबाट सुरु भएको म्याराथनको ४२.१९५ किलोमिटर दूरी उहाँले दुई घण्टा ५७ मिनेट २३ सेकेण्डमा पूरा गर्दै स्वण पदक जित्नुभएको हो ।

अर्को विभागीय टोली नेपाली सेनाका विश्वरुपा बुढाले तीन घन्टा ००.३५ सेकेन्डमा निर्धारित दूरी पार गरी कास्य पदक जित्दा नेपाल प्रहरीका रेखा विष्टले तीन घन्टा एक मिनेट ३५ सेकेन्डमा दूरी पूरा गरी कास्य जित्नुभयो ।

Comments
Loading...