परिर्वतनलाई संस्थागत गर्न कास्कीमा गठबन्धनका उम्मेदवारको जितको विकल्प छैन : उम्मेदवार बराल

हिमाली आवाज । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन नजिकिदै गर्दा बिभिन्न राजनैतिक दलहरुका चुनावी गतिबिधीहरु बढ्दै गईरहेका छन् ।

यसैक्रममा कास्की जिल्ला निर्वाचन क्षेत्र नम्वर ३ मा लोकतान्त्रिक–बाम गठबन्धनले उमेद्वारहरुको परिचय तथा संयुक्त कार्यकर्ता भेला सम्पन्न गरेको छ ।

पोखरा महानगरपालिका–२५ हेमजामा सम्पन्न भएको भेलामा उमेद्वारहरुले आआफ्ना प्रतिबद्धता सहित गठबन्धनको औचित्य पुष्टि गरेका थिए ।
कार्यक्रममा गठबन्धनबाट सो क्षेत्रका प्रतिनिधिसभाका साझा उम्मेदवार रामजी प्रसाद बराल(जीवन)ले नयाँ परिवर्तनलाई सस्थागत गर्नको लागि गठबन्धनको जित निकै आवश्यक रहेकोमा जोड दिनुभयो ।

गत निर्वाचनमा सो क्षेत्रको प्रदेश(क)बाट प्रदेशसभामा निर्वाचित भएर हाल प्रदेश सरकारको अर्थमन्त्रीको जिम्मेवारीमा रहनु भएका नेता बरालले सो क्षेत्रका जनताले आफ्नो कार्यको मुल्याकन गरेको बताउदै जनजिबिका संग जोडिएका बिभिन्न गतिबिधिमा आफ्नो महत्वपुर्ण भूमिका रहेको स्मरण गर्नुभयो ।

त्यसैगरी निर्वाचन क्षेत्र नम्वर ३ (ख)का उमेद्वार प्रकाश बरालले ठुला ठुला सपनामात्रै देखाउने परिपाटीको रहेको भन्दै जनतासगँ प्रत्यक्ष जोडिएका गवितिविधिहरुलाई ध्यान दिइने र जनताका समस्या समाधान गरिने प्रतिवद्धता जनाउनुभयो ।

आफ्नो क्षेत्रको आवश्यकता तथा महत्वलाई ध्यान दिदै युवा तथा सबै मतदाताको जनभावनाको उचित सम्बोधन गर्नूनै आफ्नो उमेद्वारी रहेको बरालले स्पष्ट पार्नुभयो ।

निर्वाचन क्षेत्र नम्वर ३(क)का उम्मेदवार दुर्गा भण्डारीले लामो समयको शिक्षण पेशा तथा राजनैतिक अनुभब जनता माझ देखाउने समय आएको बताउदै आफुले उमेद्वारी दिएको भुगोलमा आँफुलाई प्रमाणित गरेर जनताको सेवामा जहिले पनि हाजिर हुने प्रतिवद्धता जनाउनुभयो ।
भण्डारीले सबै मतदाताले बिबेकपुर्ण निर्णय गर्ने समय आएको बताउनुभयो ।

कार्यक्रममा गठवन्धनमा आवद्ध नेपाली काँग्रे, नेकपा(माओवादी केन्द्र), एकीकृत समाजवादी लगायत सबै दलका जिल्ला स्तरका सो निर्वाचन क्षेत्र कार्यक्षेत्र भएका नेता तथा कार्यकर्ताहरुको उपस्थिति थियो ।

Comments
Loading...