नवौँ राष्ट्रिय खेलकुद :पोखरा महानगरद्धारा भोली समापनमा विशेष बिदा

हिमाली आवाज । पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहका अवसरमा पोखरा महानगरले भोली एक दिन दिसो १ ः बजेपछि विशेष बिदा दिएको छ ।

महानगरले आज एक सूचना जारी गरी राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहका लागि महानगरपालिकाका महाशाखा तथा शाखाहरू, वडा कार्यालयहरू, सामुदायिक तथा संस्थागत विद्यालय एवं मन्टेश्वरीहरुमा दिउँसो एक बजेपछि विशेष बिदा दिइएको जनाएको छ ।
महानगरले समापन समारोहमा महानगरपालिका अन्तर्गतका सम्पूर्ण कार्यालयहरूमा कार्यरत कर्मचारीहरू, शिक्षक, विद्यार्थी, सामाजिक सङ्घसंस्थाहरूलाई सहभागी हुन समेत आग्रह गरेको छ ।

नागरिक समाज, आमा समुह, टोल विकास संस्था, युवा क्लब, बैँक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरू लगायत आम नगरवासीहरूलाई दिउँसो २ बजे नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा उपस्थित हुन पनि अनुरोध गरिएको छ ।

प्रदर्शनी केन्द्रबाट जम्मा भएर बृहत् सहभागिताबीच पोखरा रङ्गशालामा प्रवेशको कार्यक्रम रहेको महानगरले जनाएको छ ।
राष्ट्रिय खेलकुदको मुख्य आयोजना स्थलका रूपमा पोखरा महानगरपालिका र यसका विभिन्न वडाहरूमा रहेका खेलमैदानहरूमा प्रमुख खेलहरू सञ्चालन भइरहेका छन् ।

राष्ट्रिय खेलकुद आयोजना पोखरा महानगरपालिका र पोखरेलीहरूका लागि गौरवको विषय रहेको महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो ।उहाँका अनुसार समारोहमा आमनगरवासीहरुको उल्लेखनीय सहभागिता रहनेछ ।

Comments
Loading...