नवौं राष्ट्रिय खेलकुद :आर्मी बन्यो च्याम्पियन, प्रधानमन्त्रीद्धारा ट्रफी हस्तान्तरण

हिमाली आवाज । गण्डकी प्रदेशमा आयोजना गरिएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लब सर्वाधिक १७२ स्वर्ण पदक जितेर च्याम्पियन बनेको छ ।

यही असोज २८ देखी कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशका विभिन्न आठ जिल्लामा सञ्चालन भएका ३६ खेलहरुमा सेनाले स्वर्ण १७२, रजत ११० र ८९ कास्य गरी ३७१ पदक जितेर च्याम्पियन बनेको हो ।

च्याम्पियन बनेको सेनालाई समापन समारोहका प्रमुख अतिथि प्रधानमन्त्री शेरबहादुर देउवाले रनिङ ट्रफी हस्तान्तरण गर्नुभयो । प्रधानमन्त्री देउवाले च्याम्पियन बनेको त्रिभुवन आर्मी क्लबका पदाधिकारीहरुलाई सो ट्रफी हस्तान्तरण गर्नुभएको हो ।

पहिलो पटक राष्ट्रिय खेलकुदको विजेतालाई सुन र चाँदी समावेश गरेर बनाइएको ट्रफी प्रदान गरिएको हो । सेना यसअघिका सातौँ र आठौँ राष्ट्रिय खेलकुदको पनि च्याम्पियन टोली हो ।यसैगरी सशस्त्र प्रहरीको एपिएफले ६५ स्वर्ण ७२ रजत र ८२ कास्य सहित २१९ पदक जितेर द्धितीय भएको छ ।

नेपाल प्रहरीले ६१ स्वर्ण, ६१ कास्य र ७३ रजत सहित कूल १९५ पदक जितेको छ ।घरेलु मैदानको सदुपयोग गर्दै आयोजक गण्डकी प्रदेश चौथो तथा प्रदेशहरु मध्यमा पहिलो हुन सफल भयो ।गण्डकीले ३२ स्वर्ण, ३१ रजत ५७ कास्य सहित १२० पदक सहित समग्रमा चौथो भएको छ ।बागमती प्रदेशले २४ स्वर्ण ४७ रजत र ७४ कास्यपदक सहित १४५ पदक सहित पाँचौं स्थानमा रहन सफल भयो ।

प्रदेश नं १ ले १० स्वर्ण २३ रजत र ५० कास्य पदक सहित छैटौं भएको छ । सुदुरपश्चिम प्रदेश १० स्वर्ण, १० रजत ४३ कास्य सदक सहित ६३ पदक जित्न सफल भयो ।एनआरएनएले १० स्वर्ण नौ रजत र सात कास्य गरी कूल २६ पदक जित्दा लुम्बिनी प्रदेशले छ स्वर्ण, २२ रजत र ४० कास्य गरी ६८ पदक जितेको छ ।

मधेश प्रदेशले पाँच स्वर्ण, आठ रजत र २६ कास्य गरी ३९ पदक जित्दा कर्णाली प्रदेशले दुई स्वर्ण, चार रजत र १२ कास्य सहित १८ पदक जितेको छ ।

Comments
Loading...