हिमाली आवाज । काठमाडौँ विश्वविद्यालयमा ‘हल्ट पुरस्कार’को सुरुआत गरिएको छ ।
काठमाडौं विश्वविद्यालयमा हरेक वर्ष आयोजना हुने हल्ट प्राइज अन क्याम्पस इभेन्ट यस वर्ष ‘रिडिजाइनिङ फेसन ’ भन्ने नाराका साथ सुरु गरिएको हो । कार्यक्रमको नेतृत्व क्याम्पस निर्देशक हेरिजÞ विष्ट र उहाँको नेतृत्वमा रहेको ३० सदस्सीय समितिले गरिरहेको छ ।

हल्ट पुरस्कार एक वार्षिक सामाजिक उद्यमशीलता प्रतियोगिता हो जसले विद्यार्थीहरूलाई दबाबपूर्ण सामाजिक समस्या समाधान गर्न योगदान पु¥याउने र नाफा कमाउन सक्षम पर्याप्त व्यापारिक विचारहरू सिर्जना गर्नेछ ।
यस वर्षको थिमले फेसन÷कपडा उद्योगमा नाफाको लागि सामाजिक उद्यम सिर्जना गर्न चूनौती दिनेछ । प्रतियोगिता काठमाडौं विश्वविद्यालयका कुनै पनि विद्यालय र सम्बद्ध कलेजका स्नातक, स्नातकोत्तर, एमफिल, र पीएचडीका विद्यार्थीहरू र रचनात्मकताका लागि खुला गरिएको विश्वविद्यालयले जनाएको छ ।
यस मञ्चमा प्रस्तुत हुने विचारहरुले मानव र पृथ्वीमा सकारात्मक प्रभाव सिर्जना सक्ने विश्वास लिइएको छ । यसैगरी संयुक्त राष्ट्र संघका १७ दिगो विकास लक्ष्यहरूलाई २०३० को समयसीमा भित्र पूरा गर्न समर्थन गर्नेछ । काठमाडौं विश्वविद्यालय नेपालमा ‘अन क्याम्पस हल्ट’ कार्यक्रम आयोजना गर्ने पहिलो विश्वविद्यालय हो ।