गठबन्धनका साझा उम्मेदवार भण्डारी मतदाता भेटघाटमा

हिमाली आवाज ।कास्कीको निर्वाचन क्षेत्र नं ३ को प्रदेशसभा निर्वाचन क्षेत्र नं १ का गठबन्धनका साझा उम्मेदवार दुत्तादत्त भण्डारीले मतदाता भेटघाट सुरु गर्नुभएको छ ।

भण्डारीले आज माछापुच्छ्रे गाउँपालिकाको वडा नं ७ फेदीबाट मतदाता तथा गठबन्धनका स्थानीय नेता कार्यकर्तासँगको चुनावी भेटघाट सुरु गर्नुभएको हो । उम्मेदवार भण्डारी सहित सो क्षेत्रका गठबन्धनका दल नेपाली काँग्रेस, नेकपा(माओवादी केन्द्र), नेकपा(एकीकृत समाजवादी) लगायत दलका नेताहरु भेटघाटमा सहभागी हुनुहुन्थ्यो ।

उम्मेदवार भण्डारीले फेदी, देउराली, खानीगाउँ लगायत सो वडाका मतदाताहरुसँग भेट गरी आफूलाई विजयी गराउन आग्रह गर्नुभयो । उहाँले मतदातासँग भन्नुभयो,“ म गठबन्धनको साझा उम्मेदवारका रुपमा आगामी निर्वाचनमा प्रस्तुत भएको छु । विगतमा जस्तै आगामी चुनावमा पनि यहाँहरुले आफ्नो विवेकको मत दिएर मलाई विजयी गराउनुहोला । मैले कहिल्यै पनि नराम्रो गर्ने छैन, सँधै जनताको सेवक भएर रहने छु । ”

नेकपा(माओवादी केन्द्र)बाट गठबन्धनका साझा उम्मेदवार भण्डारी सरल र इमानदार हुनुहुन्छ । लामो समय शिक्षण पेशापछि उहाँ राजनीतिमा प्रवेश गरेर निष्ठाको राजनीति गर्दै आउनुभएको छ ।

Comments
Loading...