पोखराको प्याराग्लाइडिङ विस्थापित हुनु पर्यटनमा ठूलो नोक्सानी:उम्मेदवार बराल

हिमाली आवाज । कास्की निर्वाचन क्षेत्र नम्बर ३ प्रतिनिधि सभाका प्रत्यासी गठबन्धनका साझा उमेदवार रामजी प्रसाद बराल (जीवन)ले साहासिक खेल प्याराग्लाईडिङलाई पोखराबाट विस्थापित गर्न दिन नहुने बताउनुभएको छ ।

५ दलीय गठबन्धन पोखरा १८ को वडा सम्पर्क कार्यालयको सोमबार उद्घाटन गर्दैै नेता बरालले पोखरामा क्षेत्रिय अन्तराष्ट्रिय बिमानस्थल संचालनमा आएपनि त्यसको समय ब्यबस्थापन गरी पोखराबाट प्याराग्लाईडिङ संचालन गर्नुपर्ने बताउनुभएको हो ।

पोखराको मुख्य पर्यटकको आकर्षणको रुपमा रहेको साहासिक खेल प्याराग्लाइडिङ विस्थापित हुदा पोखरा क्षेत्रकै पर्यटन क्षेत्रमा ठुलो नोक्सान हुने हुदा त्यसलाई संचालनको लागि समय ब्यबस्थापन गरी प्राविधिक रुपमा व्यबस्था मिलाउनु पर्नेमा उहाँको जोड थियो ।

कास्कीको प्रदेशसभाका दुई वटा निर्वाचन क्षेत्र बिचमा रहेको फेवाताल दिनप्रतिदिन खुम्चदै गएको र पोखराको आक्रर्षणको रुपमा रहेको राष्ट्रिय सम्पदा फेवाताल बिना पोखराको धेरै चिज लोप हुने उहाँको दाबी छ ।

फेवाताल संरक्षण गर्न दजनौं संस्था स्थापना भएपनि दिगो रुपमा फेवातालको संरक्षणमा कसैको ध्यान नपुगेको बताउदै नेता बरालले आफु निर्वाचित भए त्यसलाई उचित ढंगले ब्यबस्थापन गर्न पहल गर्ने बताउनुभयो । फेवातालसंगै आश्रित भएको जलारी समुदायको समेत उचित ढंगले राज्यले ब्यबस्थापन गर्नुपर्ने उहाँको भनाई थियो ।

त्यसै गरी कार्यक्रममा कास्की निर्वाचन क्षेत्र नम्बर ३ (१) का प्रदेश सभा सदस्यका प्रत्यासी गठबन्धनका उमेदार दुर्गादत्त भण्डारीले अन्तर आत्मबाटै विभाजन नभई गठबन्धनका उमेदवारलाई जिताउने अभियानमा सबै एक हुन आग्रह गर्नु भयो ।

काँग्रेस महासमिति सदस्य पोषनाथ शर्माले नेकपा एमाले र केपीशर्मा ओलीको अहंकारले संविधान रक्षा गर्न गठबन्धन आवश्यक भएको बताउनु भयो । कुनैपनि निर्वाचन क्षेत्रमा कुनै गठबन्धनका नेता हार्नु भनेको उमेदवार भन्दा पनि प्रतिगमनलाई प्रसय हुने उहाँको भनाई थियो ।

निर्वाचन परिचालन कमिटि संयोजक नारायण खड्काको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्य दुर्गा विक, स्थानिय उमनाथ चपाई, एकिकृत समाजबादीका राजेन्द्र अधिकारी लगायतले वोल्नु भएको थियो । यसैगरीकास्की क्षेत्र नम्बर ३(२) मा प्रदेश सभाको लागि नेपाली कागेंसका युवा नेता प्रकाश बराल प्रत्यासी उमेदवार हुनुहुन्छ । कृषि, पर्यटन, जलबिद्युत, उद्योग, भौतिक पुर्वाधार, मानव संशाधन र सुशासन मूल समृद्धिका आधार संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन भन्ने नाराका साथ गठबन्धनका उमेदवारहरु चुनावी मैदानमा उत्रिएका छन्।

 

Comments
Loading...