पाँच दलीय गठबन्धन अग्रगमनकारीहरुको गठबन्धन हो : उमेद्वार भण्डारी

हिमाली आवाज । माछापुच्छे«(कास्की), ९ कात्तिक । कास्की क्षेत्र नं. ३ क अन्र्तगत पाँच दलिय गठनबन्धनका उमेद्वार दुर्गादत्त भण्डारीले प्रतिगमनलाई परास्त गर्ने उद्देश्यका साथ वर्तमान गठबन्धन भएको बताउनुभएको छ ।

मंगलवार माछापुच्छे« गाउँपालिका स्तरीय बैठकलाई सम्बोधन गर्दै उमेद्वार भण्डारीले यो गठबन्धन अग्रगमनकारीहरुको भएको दावी पनि गर्नुभयो ।
उहाँले एमाले नेतृत्वको सरकारले दुई, दुई पटकसम्म असवैधानिक तवरले संसद् विगठन गरी संविधानलाई सिध्याउने काम गरेको उल्लेख गर्दै कांग्रेस नेतृत्वको वर्तमान गठबन्धन नेपालको समृद्धि र स्थिरताका लागि भएको उल्लेख पनि गर्नुभयो ।

उमेद्वार भण्डारीले रुख, गोलाकार भित्रको हसियाँ हथौडा, कलम, गिलास लगायतका मतदान चिन्ह केवल एकल पार्टीको मात्र नभई पवित्र उद्देश्यका साथ बनेको गठबन्धनको भएको जनाउँदै फराकिलो छातीका साथ चुनावमा होमिन नेता कार्यकर्तालाई निर्देशन पनि दिनुभयो ।

३ (१) निर्देशक समितिका संयोजक तथा कांग्रेस नेता पुष्पेन्द्र पाण्डेले गठबन्धन संस्कारलाई जीवन्त बनाउन सुझाव दिर्दै संविधान माथिको आक्रमण गर्ने शक्तिलाई परास्त गर्नुपर्ने बताउनुभयो ।उहाँले एमाले नेतृत्वले राजावादीसँगको मिलेमतोमा देशमा पुनः प्रतिगमन गर्न खोजीरहेको आरोप समेत लगाउनुभयो ।

निर्वाचन परिचालन कमिटि क्षेत्र नं. ३ का संयोजक एवम् माओवादी नेता भीमबहादुर विकले समृद्धिका लागि गठबन्धन गरिएको स्पष्ट पार्दै यसपटकको निर्वाचनमा गठबन्धनलाई हार्ने छुट नभएको उल्लेख गर्नुभयो ।

उक्त कार्यक्रममा निर्वाचन परिचालन कमिटि प्रदेश ३ क का संयोजक राजेन्द्र गुरुङ, प्रचारप्रसार समितिका सचिव प्रकाशचन्द्र सापकोटा, नेपाली कांग्रेस माछापुच्छे« गाउँपालिका सभापति विरेन्द्र गुरुङ, नेकपा एकीकृत समाजवादी माछापुच्छे«का सचिव दुर्गा अधिकारी, गठबन्धनका नेताहरु लिला ढकाल, गणेश आचार्य लगायतल पनि धारणा राख्दै गठबधनका उमेद्वारलाई चुनाव जिताउनुपर्ने बताउनुभयो ।

उक्त भेलाले कांग्रेस नेता विरेन्द्र गुरुङको संयोजकत्वमा पालिका स्तरीय निर्वाचन परिचालन कमिटि गठन गरेको छ । जसको सहसंयोजकमा गोपाल पोखरेल र सुजन पौडेल तथा सचिवमा केशवराज अधिकारी, संजय लम्साल साथै शिव भण्डारी छन् ।

यसैबीच उमेद्वार भण्डारीले एक कार्यक्रमका बीच मंगलवार वडा नं. ४ र ५ को वडा सम्पर्क कार्यालय पनि उद्घाटन गर्नुभएको छ । त्यस्तै आज नै माछापुच्छे« गाउँपालिका अन्र्तगत पर्ने धिताल, लाहाचोक र रिभानमा पनि आशिक रुपमा घरदैलो गरिएको छ ।

Comments
Loading...