देशभर चिसो बढ्यो,आगामी हप्ता वर्षा नहुने

हिमाली आवाज ।मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावका कारण देशभर चिसो महशुस भएको बताएको छ ।

मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले गत हप्तादेखि देशभर तापक्रम घट्दै गइरहेको बताउनुभयो । तापक्रम घटेका कारण चिसो महशुस भएको उहाँले बताउनुभयो ।

अहिले पश्चिमबाट हावा चलेको र कहिलेकाही उत्तरपश्चिम भेग हिमालतिरबाट पनि हावा आउने हुँदा चिसो हुने गरेको छ । तुलनात्मक रुपमा यो हप्ता यत्तिकै चिसोको अवस्थामा रहने बताइन्छ । वरिष्ठ मौसमविद् पौडेलले तापक्रम निरन्तर नघट्ने पार्नुभयो ।

Comments
Loading...