काठमाडौं । नेपाली कांग्रेसले सुत्केरी भत्ता ५ हजार पु¥याउने घोषणा गरेको छ ।शनिबार सार्वजनिक कांग्रेसको चुनावी घोषणापत्रमा सुत्केरी भत्ता ५ हजार पु¥याउने घोषणा गरिएको छ ।

चालु आर्थिक बर्षबाटै सरकारले मानव विकास सूचकांकमा पछि परेका २५ जिल्लाका सुत्केरीलाई पाँच हजार रुपैयाँ सुत्केरी भत्ता दिँदै आएको छ ।घोषणापत्रमा ३÷७३ को नारा दिँदै कोखदेखि शोकसम्मका विभिन्न कार्यक्रमहरू ल्याउने घोषणा गरिएको छ । तीन वर्षमुनिका बालबालिका र ७३ वर्षमाथिका जेष्ठ नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गर्ने भन्दै कांग्रेसले ३÷७३ को नारा दिएको हो ।
५ वर्षभित्र सबै नागरिकको बिमा र बिमामार्फत गम्भीर प्रकृतिका रोगको उपचार सुनिश्चित गर्ने, बिमाको दायरा बढाएर १० लाख रुपैयाँ पु¥याउने पनि घोषणापत्रमा छ ।