हिमाली आवाज । राहदानी किर्ते गरेको अभियोगमा छ वर्षदखी फरार एक जनलाई पोखराबाट प्रहरीले पक्राउ गरेको छ ।
विसं २०७३ सालमा राहदानी किर्ते मुद्दामा फरार रहेका कास्की अन्नपूर्ण गाउँपालिका वडा नं.२ सेराचौर बस्ने वर्ष ४६ का नगेन्द्रराज अधिकारीलाई आज प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले अधिकारीलाई पक्राउ गरी कास्की जिल्ला अदालतबाट राहदानी किर्ते सम्बन्धी कसुरमा छ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिनुभयो ।
अधिकारीले भाईको नागरिकता तथा अन्य कागजात प्रयोग गरी नक्कली राहदानी, नक्कली बैंक खाता लगायतको कागजात तयार गरी साइप्रस गएका थिए । त्यहाँ लामो समय बसोबास गरी पुनः संयुक्त राज्य अमेरिका गई हाल नेपाल आएको प्रहरीले जनाएको छ ।

