हिमाली आवाज । कास्कीको अन्नपूर्ण गाउँपालिकाको दाङसिङ, मोहोरीया, साक्र्यू लगायतका स्थानीयबासिले आसन्न निर्वाचनमा पाँच दलीय गठबन्धनका नयाँ अनुहारलाई मतदान गर्ने बताएका छन्।
गठबन्धनका साझा उमेदवार रामजी प्रसाद बराल (जीवन) र प्रकाश बराल आफ्नो चुनावी अभियान अन्र्तगत जनतासंगको घर दैलो कार्यक्रममा सोमबार उक्त स्थानमा पुगेको समयमा स्थानीयले सो कुरा बताएका हुन् ।
यस अघिका निर्वाचित जनप्रतिनिधिहरु विकासको नाममा ५ बर्षको अन्तरालमा समेत गाँउ समेत नफर्किएकोले यसपालि भने नयाँ अनुहारलाई एक पटक मत दिने स्थानीयले बताएका छन् ।

कास्की निर्वाचन क्षेत्र नम्बर ३ प्रतिनिधि सभाका प्रत्यासी गठबन्धनका साझा उमेदवार रामजी प्रसाद बरालले गठबन्धनका साझा उमेदवार कास्की निर्वाचन क्षेत्र ३(२) का प्रत्यासीप्रदेश सभा सदस्यप्रकाश बरालले एक पटक आफुहरुलाई जनताले विश्वास गरेमा सो क्षेत्रको विकास निर्माणमा समन्वय गरी अघि बढ्ने वचन दिनुभयो ।
जनताको पहिलो आवश्यकताको आधारमा छलफल र बहस गरी त्यस्ता योजनालाई उच्च प्रथामिकता दिदै विकास निर्माणसंगै जनताको घर आगनमा निरन्तर आउने दुबै उमेदवारको भनाई थियो ।
कृषि, पर्यटन, जलबिद्युत, उद्योग, भौतिक पूर्वाधार, मानव संशाधन र सुशासन मुल समृद्धिका आधार संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धनका उम्मेदवार चुनावी मैदानमा होमिएको चुनाव प्रचार समितिले जनाएको छ ।