मालेपाटनमा पहारीलाई युवादेखी ज्येष्ठ नागरिकसम्मको साथ

हिमाली आवाज । पोखरा–५ मालेपाटन एमालेको गढका रुपमा चिनिन्छ । गत स्थानिय निर्वाचनमा यस वडामा एमालेले प्यानल नै जितेर गठबन्धनलाई निल खुवाएको थियो ।

सोही वडामा मत माग्न पुगेका नेकपा एमाले कास्की क्षेत्र नम्बर ३ ख प्रदेश सभा उम्मेदवार राजिव पहारीलाई मालेपाटनवासीले फेरी पनि विजयी गराउने प्रतिवद्धता जनाए । विहीवारको घरदैलोमा उहाँलाई स्थानिय जेष्ठ नागरिकदेखि युवाहरुले साथ दिए ।

जेष्ठ नागरिकहरुको आर्शिवाद ग्रहण गर्दै घरदैलोमा निस्किनुभएका पहारीले अघिल्लो पटक देखाएको क्रियाशिलतालाई मुल्याङकन गर्दै फेरी पनि विजयी गराउने मालेपाटनवासीहरुले बताए । मालेपाटनका जनताहरुले दिएको आर्शिवादले आफुलाई हौसला मिलेको पहारी बताउनहुन्छ। ‘यहाँका बुवाआमाको आर्शिवाद तथा युवाहरुको साथले ठूलो प्रेरणा मिलेको छ’ उम्मेदवार पहारीले भन्नुभयो ।

गण्डकी प्रदेशका निवर्तमान सांसद समेत रहनुभएका पहारीले आफुले अघिल्लो कार्यकालमा विभिन्न स्थानमा थालनी गरेको कामहरु अलपत्र परेको जनाउँदै वडा ५ मा पनि थुप्रै काम बाँकी रहेको जनाउनुभयो । पहारीले घरदैलोको क्रममा भन्नुभयो,‘केहि काम सम्पन्न भए, केहि गर्दागर्दैका बाँकी छन्, ति काम सम्पन्न गर्न पनि उम्मेदवारी दिएको हुँ’ ।

Comments
Loading...