थापालाई मतदाताको अनुरोध : हामीलाई बाटो दिनुभयो अव पानी दिनुस्

हिमाली आवाज । गण्डकी प्रदेश सभा क्षेत्र २ ‘ख’का प्रत्यक्ष उम्मेदवार विन्दुकुमार थापाले भलाम बासीको समस्यामा सधैंै साथमा रहने बताउनुभएको छ ।

पोखरा महानगरपालिका–२० भलाममा स्थानीयको समस्या बुझ्दै गर्दा खानेपानीको समस्या रहेको बताएपछि समाधानका लागि पहल गर्ने बताउनुभयो ।स्थानीयले पानीको समस्या रहेको बताउँदै आगामी निर्वाचनमा जितेर उक्त समस्या समाधान गरिदिन आग्रह गर्नुभयो ।

स्थानीय हरि खत्रीले आफुहरु खानेपानीका लागि निकै संघर्ष गर्नुपरेको सुनाउनुभयो । ‘हामीलाई बाटो दिनुभयो भलाममा पनि पिछडिएको क्षेत्रलाई सडक सञ्जालमा जोड्नु भयो अब पानी ल्याइदिनुस्’  भन्नुभयो,‘काम गर्नेलाई नै भन्ने हो अरुलाई भनेर साध्य हुँदैन तपाईँमाथि हाम्रो विश्वास छ ।’

उक्त कुरा सुनेपछि थापाले आफुले सकेको सहयोग सधैं गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । जनताकै लागि आफु पुनःउम्मेदवार भएको बताउँदै हरेक समस्यासंग जुध्ने बताउनुभयो ।

थापाले आफुले नयाँ पाँच योजना लिएर निर्वाचनमा होम्मिएको समेत बताउनुभयो । सानो क्षेत्रलाई मात्र नभई समग्र राष्ट्र हितका लागि आफुले योजना अघि सारेको उहाँले बताउनुभयो ।

गण्डकी प्रदेशमा आफुले उर्जालाई विशेष प्राथमिकता दिएको बताउनुभयो । उहाँले गण्डकी प्रदेशमा १२ हजार मेगावटसम्म जलविद्युत निकाल्न सकिने भएपनि थोरै मात्रामा जलविद्युत निकालिदैँ आइरहेको सुनाउनुभयो ।

यस्तै उहाँलाई मुख्यमन्त्रीको रुपमा हेर्ने चाहाना भएको भलामबासीले बताउनुभयो । ‘अबको मुख्यमन्त्री तपाईँ हुनुपर्छ । हामीले सुनेको अरुनै हुन्छन रे त्यसो नहोस् सुभकामना छ ।’८२ वर्षिय वृद्धाले भन्नुभयो ।

Comments
Loading...