‘गाउँमै रोजगारी र आम्दानी पहिलो प्राथमिकता’: एमाले उम्मेदवार गुरुङ

हिमाली आवाज । मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधि सभा सदस्यका लागि कास्की क्षेत्र नम्वर १ का एमाले उम्मेदवार मनबहादुर गुरुङले गाउँमै रोजगारी र आम्दानी दिने कार्य आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभएको छ ।

शुक्रवार रूपा गाउँपालिकाको वडा नम्वर ४ मा घरदैलो कार्यक्रम गर्दै आफ्नो निर्वाचन क्षेत्रमा रोजगारी र आम्दानी दिनको लागि आफु चुनावको मैदानमा आएको बताउनुभयो । उहाँले भन्नुभयो,‘युवालाई विदेशिन नपर्ने, यही रोजगारीको सिर्जना गर्नु मेरो पहिलो प्राथमिकता हो ।’ गुरुङले भन्नुभयो,‘अबको बाटो भनेकै विकास र समृद्धिको हो । तपाईहरुको मत खेर जान दिने छैन ।’

गुरुङले एमाले सरकार ढलेपछि विकास निर्माणको काम ठप्प भएको भन्दै केन्द्रमा केपी ओली प्रधानमन्त्री र प्रदेशमा खगराज अधिकारी मुख्यमन्त्री बनेपछि विकासको लहर चल्ने ठोकुवा गर्नुभयो । गाउँमा सडक, विद्यालय, विजुली, पानी र स्वास्थ्य केन्द्र पुगेर पनि आम्दानी र रोजगारी पु¥याउन आफ्नो उम्मेदवार भएको उहाँको भनाई छ ।

क्षेत्र नम्बर १ (क) का प्रदेश सभा सदस्य उम्मेदवार खगराज अधिकारीले अब एमालेको बहुमतको सरकार बनेपछि विकासको लहर आउने बताउनुभयो ।

Comments
Loading...