हिमाली आवाज । कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिं को आयोजनामा वचत तथा ऋण सहकारी संस्थाको वर्तमान समयमा समस्या, चुनौति एवं समाधानका उपायहरु विषयक अन्तरक्रिया कार्यक्रम शुक्रवार सम्पन्न भयो ।
सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशका प्रमुख रमेश घर्तीले कार्यक्रमको उद्घाटन गर्दै सहकारीमा शिक्षा, चेतना र जागरण बढाउँदै सकारात्मक वातवरण सृजना गर्नुपर्नेमा जोड दिनुभयो । सहकारीमा देखिएका समस्या समाधानका लागि सहकारी अभियानका आन्तरिक संरचना, व्यवस्थापन, सदस्यहरूको कार्यदक्षता र व्यवहारलाइ प्रभावकारी बनाउनु पर्नेमा प्रमुख घर्तीले जोड दिनुभयो ।
सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशका अधिकृत चोलकान्त वाग्लेले बचत तथा ऋण सहकारीहरूलाई थप व्यवस्थित बनाउँदै नियमन क्षमतालाई अझै प्रविधिमैत्री बनाउनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा कोन सहकारी संचालक समितिका पदाधिकारी, सल्लाहकारहरु, शेयर सदस्य र कर्मचारीहरुले आफ्ना जिज्ञासा राखेका थिए । कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष तीर्थबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा सचिव शान्तकुमार श्रेष्ठले संचालन गर्नुभयो ।

