हिमाली आवाज । मंसिर ४ गते हुने प्रदेश तथाप्रतिनिधि सभानिर्वाचनलाई लक्ष्यगर्दै नेपालीकाग्रेस सर्मर्थित जेष्ठ नागरिकहरुले पोखरा महानगर पालिका वडा नं –६ बैदाममा ज्येष्ठ नागरिक संघ गठन गरेका छन । गठबन्धनका उम्मेदबारलाई जिताउने उद्देश्यले वडा देखी टोल तहसम्मप्रचार प्रसारकालागिज्येष्ठ नागरिक संघ गठन गरिएको हो ।
ज्येष्ठ नागरिकहरुको आज बसेको वृहत भेलाले नेत्रपाणी न्यौपानेको संयोजकत्वमा ८ सदस्यीय समिति गठन गरेको हो । समितिको सदस्यहरुमा रत्नबहादुर ठकुरी, जनकलाल श्रेष्ठ, हरिशचन्द्र पहारी, घनश्याम बोगटी, इमनाथ जैसी, लोकराजप हारी, गोविन्दबहादुर पहारी र जिबनाथ गौतम रहनुभएको छ । बडा नं ६ बैदाम क्षेत्रलाई आठ टोलमा बिभाजित गरि टोलको नामाकरण सहित सदस्यहरुलाईनै टोलको संयोजक बनाइएको संयोजक नेत्रपाणि न्यौपानेले जानकारी दिनुभयो ।

समाजको समग्र विकासमा ज्येष्ठ नागरिकहरुको भुमिका महत्वपूर्ण रहेको छ । जिवनका महत्वपूर्ण समय समाजमा हरेक क्षेत्रमा सेवा गरेका ज्येष्ठ नागरिकहरुबाट टोल समुदाय, वडा र समग्र देशले नैनिरन्तर सामाजिककार्यमा सहयोग लिनु र समाज सेवामा सक्रिय सहभागिता गर्नु सान्दर्भिक हुने हुदा नेपाली काग्रेसको हित प्रवद्र्धन गर्ने अभिप्रायले ज्येष्ठ नागरिक संघ गठन गर्नु परेको संयोजक न्यौपानेले बताउनुभयो ।
इकाई सभापति सन्तोष पौडेलले वडामा संञ्चालन गरिने कार्यक्रमहरु र प्रवाह गरिने सेवामा ज्येष्ठ नागरिकहरुको भुमिका सहित परिचालनगर्न संस्थागत रुपमा नेपाली काग्रेसलाई स्थानिय रुपमा सक्रिय बनाइ राख्न पनि ज्येष्ठ नागरिकहरुको महत्वपूर्ण योगदान रहने उल्लेख गर्नुभयो ।
भेलामा उपस्थित ज्येष्ठ सदस्यहरुले गठबन्धनका उम्मेदबारहरुलाई बिजय गराउन केन्द, प्रदेश हुदै क्षेत्र र वडा बासी सबै नागरिकहरु लाग्नु पर्ने कुरामा जोड दिनुभयो ।