पर्यटकीय गन्तव्य ल्वाङमा पक्की सडक र खानेपानीको सुविधा दिन्छौँ : उम्मेदवाद्धय बराल र भण्डारी

हिमाली आवाज । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत कास्की निर्वाचन क्षेत्र नं ३ का पाँचदलीय गठबन्धनका साझा उमेदवार संघतर्फका उम्मेदवार रामजी प्रसाद बराल (जीवन) र प्रदेश ३(१)का उम्मेदवार दुर्गादत्त भण्डारील्े पर्यटकीय महत्व राख्ने ल्वाङको सडक स्तरोन्नति गर्ने संयुक्त प्रतिवद्धता जनाउनुभएको छ ।

चुनावी अभियानका क्रममा आज ल्वाङमा उहाँहरुले पर्यटकीय महत्व रहेको ल्वाङमा पिच सडक निर्माण गर्न आफूले नेतृत्वदायी भूमिका खेल्ने बाचा गर्नुभयो।

गण्डकी प्रदेश सरकारका अर्थमन्त्री समेत रहनुभएका उमेदवार बरालले ल्वाङमा पिच सडक बनाउन आफू सहभागि सरकारले शुरु गरिसकेको बताउँदै उहाँले भन्नुभयो,“यसै चालु आर्थिक वर्षमा ल्वाङ सडक स्तरोन्नतिका लागि एक करोड बजेट विनियोजन गरिएको छ, उक्त सडक पिच गर्न आवश्यक पर्ने रकमको व्यबस्था संघ र प्रदेशबाट हामी गछौं, यसमा तपाईहरुले हामीलाई मतदान गरी काम गर्ने वातावरण मिलाउनु पर्छ ।” स्थानीयले सडक बाटोसंगै खानेपानी लगायतका समस्या उमेदवार बराल समक्ष माग गर्नुभयो ।

स्थानीय भरत गुरुङले रामजी बरालले पछिल्लो पाँच वर्षमा ल्वाङको मुहार फेर्न महत्वपूर्ण काम गरेको भन्दै आगामी निर्वाचनबाट पुनःनिर्वाचित गराउन आफूहरु लागि पर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो,‘तपाईंको कामबाट हामी यहाँका जनता निकै नै प्रभावित छौं । अघिल्लो पटक जिताएकाले अहिले काम मार्फत हजुरले मतको सदूपयोग गर्नुभयो, अब यसपटक पनि जिताएर पठाउँछौं ।’ उहाँले माछापुच्छ«ेको सडक, पुल, खानेपानी लगायतका विकास निर्माणमा उमेदवार बरालको अग्रणी भूमिका रहेको बताउनुभयो ।

गठबन्धनका साझा उमेदवार कास्की निर्वाचन क्षेत्र ३(१) का प्रत्यासी प्रदेश सभा सदस्य दुर्गादत्त भण्डारीले रामजी बरालले थालनी गरेका विकासका अधुरा कार्य सम्पन्न गरी माछापुच्छे«े बासीको विकासमा कटिवद्ध भएको प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आइतबार माछापुच्छ«े गाउँपालिको खोराकोमुख, ल्वाङ, लुम्रे, क्यूवाङ, सैदीघट्ट, इमु, तक्रो सिदिङ लगायतका क्षेत्रमा घरदैलो कार्यक्रममा पूर्व सांसद एवम्क ाग्रेंस नेतृ शारदा पौडेल, माओबादी केन्द्र, एकीकृत समाजवादीलगायतका नेतातथाकार्यकर्ताको सहभागिता रहेको थियो ।

Comments
Loading...