हिमाली आवाज । नेपाली काग्रेसका युवा नेता तथा कास्की क्षेत्र नं ३ (ख) मा सत्ता गठबन्धनका साझा उम्मेदबार प्रकाश बरालले फेवातालको संरक्षण र पोखरालाई पर्यटनको राजधानी बनाउनका लागि आफुले सक्दो पहल गर्ने प्रतिबद्धता जनाएका जनाउनुभएको छ ।
पोखरा महानगर पालिका वडा नं–६ बैदाममा सोमबार भएको घरदैलो तथा कोणसभामा उहाँले फेवा तालको पानी पियर यही क्षेत्रमा जन्मे हुर्केको हुदा फेवा तालको मायाँ आफुलाई अधिक भएको बताउनुभयो ।
बरालले चुनाब जितेर पनि ताल संरक्षणका लागि कुनै पहल नगर्ने फेरी सासंद बनाइदेउ भनि भोट माग्ने, यो त नाटककै भयो नि व्यङ्ग्य गर्नुभयो ।
उम्मेदबार बरालले संविधानको संरक्षण गर्दे समृद्ध देश बनाउन बनेको गठबन्धनका उम्मेदबारलाई जनताले मतदान गरी बिजय गराउने विश्वास ब्यक्त गर्दै, पर्यटकीय महत्व भएको यस क्षेत्रका सडकहरुको स्तोरन्नति गर्ने नेतृत्वदायी भुमिका खेल्ने बाचा गर्नुभयो ।
नेपाल काग्रेस वडा नं–६का इकाई सभापति सन्तोष पौडेलले संविधानको रक्षा र प्रजातान्त्रिक नेपाल बनाउनका लागि गठबन्धनका उम्मेदबारलाई मतदान गरि बिजय गराउन सबैलाई अपिल गर्नुभयो ।
सोमबार बैदाम क्षेत्रको स्ट्रिट नं ३२ देखी मुलबाटो नारेश्वर, स्ट्रि नं ३१,३०,२९,२८,२७ नहर मार्ग हुदै जरेबर देखी ठाडोपसल, शुभकामना मार्ग, गाइघाट, बाराहि मार्ग सहित बगैचा र किमबारी दरबार मार्ग क्षेत्रमा घर दैलो कार्यक्रममा नेपाली काग्रेस, माओबादी केन्द्र र एकीकृत समाजबादी लगाएतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

