रामजी र दुर्गा जिताउन जिम्मेवारीमा फर्किएः नेता कार्यकर्ता

हिमाली आवाज । पाँच दलीय गठबन्धनका साझा उमेदवार कास्की निर्वाचन क्षेत्र नम्बर ३ प्रतिनिधि सभाका प्रत्यासी रामजी प्रसाद बराल जीवन र प्रदेशसभाका उम्मेदवार दुर्गादत्त भण्डारीलाई विजयी गराउन माओवादी केन्द्रका नेता कार्यकर्ता जिम्मेवारीमा फर्किएका छन्।

पोखरा–२५ हेमजाका माओवादीका नेता कार्यकर्ताले पार्टीकै जिम्मेवारीमा क्रियाशिल हुने गरी फर्किएको माधवशरण पौडेलले बताउनुभयो । पौडेल सहितको एक समूह यसअघि पार्टीमा असन्तुष्ट भएर राजीनामा दिएर बसेका थिए ।

रामजी बरालले यस अघि निर्वाचनमा जनतासामु गरेको वाचा पूरा गरी पुनः प्रतिनिधि सभा सदस्यमा उठेकोले उहाँलाई विजयी गराउने अभियानमा आफुहरु समेत पुरानै मुल पार्टीमा फर्किएको पौडेलले बताउनुभयो । रामजी बराल विकास प्रेमी र जनताको आशाको भरोसाको केन्द्र भएकोले गर्दा आफुहरुको एक समुह माओबादी केन्द्रमै क्रियाशिल भएर लाग्ने पौडेलले बताउनुभयो ।

सोमबार हेमजामा आयोजित पाँच दलीय गठबन्धनको प्रशिक्षण अगुवा कार्यकर्ता भेलामा वौल्दै माधवशरणले रामजी जस्ता नेतालाई जिताउने अभियानमा आफुहरु सहभागी भएको बताउनुभयो ।

कार्यक्रममा नेपाली कागेंस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले यसपालिको निर्वाचनमा पाँच दलीय गठबन्धनका उमेदवारहरुलाई जिताउन आग्रह गर्दै जित पछि पनि निरन्तर रुपमा उमेदवारहरु जनताको घर दैलोमा पठाउने दाबी गर्नुभयो । गठबन्धनको नेतृत्वमा बन्ने ५ वर्षीय सरकारले देशमा आर्थिक विकास र समृद्धिको ढोका खुल्ने उहाँले बताउनुभयो ।

प्रतिनिधि सभा सदस्यका उमेदवार बरालले प्रदेश सभामा जसरी ५ बर्ष काम गर्ने अवसर मिल्यो पुनः प्रतिनिधि सभामा समेत ५ बर्ष काम गर्ने र जनताको सेवा गर्ने अवसर मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

जनतासंग जोडिएको आधारभूत आवश्यकताहरु पुरा गर्न आफ्नो पहल कदमी हरपल रहने उहाँले बताउनुभयो ।कास्की निर्वाचन क्षेत्र नम्बर ३ (१) का प्रदेश सभा सदस्यका उमेदवार दुर्गादक्त भण्डारीले जनताले आफुलाई एक पटक काम गर्ने अवसर दिने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका तम बहादुर रोक्का, एकिकृत समाजबादीका असिम गुरुङ, कागेंस युवा नेता प्रकाशचन्द्र सापकोटा लगायतले गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउन गरी लाग्नुपर्ने बताउनुभएको थियो ।

Comments
Loading...