वार्षिकोत्सवमा वित्तिय साक्षरता प्रदान गर्दै कामना सेवा बैँक

हिमाली आवाज । कामना सेवा विकास बैंक लिमिटेड पोखरा क्षेत्रले आफ्नो १६ औ वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत एक हप्ते वित्तिय साक्षरता लगायतका कार्यक्रम आयोजना गरेको छ ।

सो बैँकले आफ्नो १६ औँ वार्षिकोत्सव मनाउने क्रममा सोमबार पहिलो दिन पोखरा र लगायत यस क्षेत्रका विभिन्न विद्यालय लगायतमा साक्षरता सुरु गरिएको हो ।

बैँकले पोखरा महानगरपालिका–८, रत्नचोक स्थित ला ग्राण्डी इन्टरनेसनल कलेजका विद्यार्थीहरु माझ, काठेखोला ५ बीउ पोखरी, वाग्लुङ स्थीत अम्मर माध्यामिक विधालयका विद्यार्थीहरु माझ, बाह«सजागर तनहु स्थित लगनशील महिला समुहका दिदिबहिनीहरु माझ, दुलेगौडा तनहु स्थित जनकल्याण माध्यमिक विद्यालयका विधार्थी माझ र रामवजार पावरहाउस कास्की स्थित जेष्ठ नागरिक दिवा सेवाका ज्येष्ठ नागरिक माझ वित्तीय साक्षरता कार्यक्रम सम्पन भएको जनाएको छ ।

उक्त कार्यक्रमहरुमा उल्लेखनीय सहभागीता रहेको थियो । वृहत सरसफाई कार्यक्रम, बाल हेरचाह गृहका वालवालिकासँग विविध कार्यक्रम, रक्तदान कार्यक्रमका साथ ग्राहकमुखी विभिन्न कार्यक्रमहरु समेत आयोजना गरिएको जानकारी पोखरा सृजनाचोक शाखाका शाखा प्रबन्धक कृष्णहरि सिग्देलले जानकारी दिनुभयो ।

Comments
Loading...