कास्की–३ (ख) मा ब्रेक थ्रु हुन्छ : बराल

हिमाली आवाज। आशन्न मंसिर ४ को निर्वाचन अन्तर्गत कास्की–३ (ख) मा विशेषगरि दुई युवाबीचमा कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

संयुक्त गठवन्धनबाट नेपाली कांग्रेसका प्रकाश बराल डेब्युको तयारीमा हुनुहन्छ भने नेकपा एमालेका राजीव पहारी दोश्रो कार्यकालका लागि तयारीमा रहनुभएको छ । बराल गठवन्धनबाट ढुक्क हुदा पहारी एमालेको संगठन बलियो भएकाले कसैले हराउन नसक्नेमा दृढ देखिनुभएको छ ।

स्थानीय तहको निर्वाचनको मत परिणाम हेर्दा दुवै पक्षबीच निकै कडा प्रतिस्पर्धा छ । यस क्षेत्रका केही वडामा माओवादीले आफ्ना उम्मेद्वार उठाएको थियो भने धेरै वडामा उम्मेद्वार थिएनन् । यो क्षेत्रमा पर्ने वडाहरुको मत हेर्दा नेपाली कांग्रेसले १४ हजार ५७ र एमालेले १४ हजार ९२९ मत पाएको थियो । गठबन्धनभित्रका दलहरुले पाएको मतसमेत जोड्दा बराल पहारीभन्दा केही अगाडि रहनुभएको छ ।

‘निर्वाचन हो जे पनि हुन सक्छ । माननीयज्यू परीक्षण भइसक्नुभयो । नयाँ योजना लिएर म जनताका आएको छु’, मंगलबार कास्कीको लान्द्रुकमा बरालले भन्नुभयो, ‘पहिलो कुरा गठवन्धनको मत केही बढी छ, दोश्रो कुरा जनताका लागि म नयाँ भिजन लिएर आएको छु र तेश्रो कुरा मैले २० वर्षदेखि कुनै न कुनै तवरबाट युवा पिंढीका साथै जनतासंग जोडिंदै आएको छु ।’

‘यसअघिका माननीयको काम जनताले देखिसकेका छन्, भोगिसकेका छन् । उहाँले भन्नुभयो, उहाँले सक्नेजति गरिसक्नुभयो । यसपालि ‘ब्रेक थ्रु’ हुन्छ । नयाँ नतिजा आउँछ ।’

Comments
Loading...