मर्दीमा तटबन्धन गर्छौ,बस्ती र खेतीयोग्य जमिन जोगाउँछौँ : उम्मेदवार भण्डारी

हिमाली आवाज । आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन अन्र्तगत पाँच दलिय गठबन्धन कास्की ३(१)का उम्मेदवार दुर्गादत्त भण्डारीले लाहाचोक, रिभान, ल्वाङघलेल तथा धितालको खेतीजोग्य जमिन संरक्षण गर्ने गरी मर्दी खोलामा तटबन्धन निर्माण गर्ने बताउनु भएको छ।

शनिवार चुनावी अभियान अन्र्तगत लाहाचोकको रानाभाट टोलमा भएको कोणसभालाई सम्बोधन गर्दै माओवादीका नेता समेत रहनुभएका उम्मेद्वार भण्डारीले त्यस्तो बताउनुभएको हो।मर्दी खोलाले यहाँको हजारौ रोपनी खेतीयोग्य जमिन बर्षिनी बगरमा परिणत गर्दै गएको छ, यो अत्यन्तै दुखद् कुरा हो, यसको समाधानमा म अत्यन्तै संवेदनशील छु भण्डारीले भन्नुभयो ।

त्यसका साथै उहाँले हाल अलपत्र जस्तै रहेको माछापुच्छे गाउँपालिका जोड्ने सडक कालोपत्रेमा पनि उचित ध्यान दिने उल्लेख गर्नुभयो ।लस्ती खोलाको पानी व्यवस्थापन गरी लाहाचोकको उपल्लो क्षेत्रमा सिचाईको प्रवन्ध मिलाउने, साँदी मुहान, भैरी योजना तथा ठूलाखोलाको मुहानलाई व्यवस्थित गरी एक घर एक संचालनमा पहल गर्ने पनि उम्मेद्वार भण्डारीले प्रतिबद्धता जनाउनुभयो।

त्यस्तै सरोकारवालासँग आवश्यक छलफल गरी स्थानीय महेन्द्र माविमा प्राविधिक धार संचालनमा पहल गर्ने, १५ शैयाँको पालिका अस्पताल निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने पनि भण्डारीले उल्लेख गर्नुभयो ।

उक्त कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य खुसीमान् गुरुङ, चुनाव प्रचारप्रसार समितिका संयोजक राजेन्द्र गुरुङ, नेपाली कांग्रेस माछापुच्छे« सभापति विरेन्द्र गुरुङ, गठबन्धन दलका नेता केशव अधिकारी(राजु) लगायतले धारणा राख्दै यसपटकको निर्वाचनमा गठबन्धन दलका उम्मेदवारहरु अत्याधिक मतका साथ बिजयी हुने दावी गर्नुभयो ।

गठबन्धनले शनिवार लाहाचोक स्थित पौडेलथर, रानाभाट टोल, ठकुरीथर, बानेटाकुर, भिरकटेरा, मर्दीपुल तथा घाचोक स्थित नेपालीथर, बगुवा, सच्चाई टोल लगायतमा घरदैलो सम्पन्न गरेको छ।

Comments
Loading...