‘दलितका अधिकार संविधानमा लिपिबद्ध गरियो अब सामाजिक विकास’

हिमाली आवाज । आगमी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनमा ५ दलीय गठबन्धनको तर्फबाट कास्की २ (१) का उम्मेदवार विश्वप्रकाश लामिछानेले वर्षौंदेखि दमित अवस्थामा रहेको उत्पीडित वर्गको अधिकारलाई आफुहरुले लिपिबद्ध गरेको बताउनुभएको छ ।

जसका कारण राज्यका हरेक निकायमा दलित वर्षको प्रतिनिधित्व भएको उहाँको भनाई थियो । आईतवार गठबन्धनका दलित जनवर्गीय संगठनहरुको भेलालाई सम्बोधन गर्दै उहाँले अहिले फेरी ती अधिकार जोगाउने र अधिकार खोस्नको लागि संविधान मिच्ने र संसद विघटन गर्नेबीचको लडाईं भएको बताउनुभयो ।

‘तपाईंहरुको हितको लागि ४० वर्ष देखि लागेको छु । व्यवस्था परिवर्तन गर्यौं तर अवस्था परिवर्तन गर्न सकेनौं ।’ उहाँले भन्नुभयो,‘अब अवस्था पनि परिवर्तन हुनुपर्छ ।’ लामिछानेले अबको समय भनेको आर्थिक, सामाजिक र साँस्कृतिक परिवर्तन गर्नुपर्ने बताउनुभयो ।

‘एउटा तत्वले हिजो देशी विदेशी शक्तिसँग साँठगाँठ गर्दै संविधानको कार्यान्वयन गर्ने बेलामा संविधान नै मास्ने काम गरेको थियो ।’ उहाँले भन्नुभयो,‘त्यसलाई हामीले आन्दोलन मार्फत ठिक ठाउँमा ल्याएका र्छौ, अब कार्यान्वयन गर्ने हो ।’

Comments
Loading...