हिसान कास्कीकाे तेस्राे लाेक नृत्य तथा दाेस्राे हिसान आइडलकाे उपाधि वर्षालाई

पाेखरा । हिसान कास्कीकाे तेस्राे लाेक नृत्य प्रतियाेगिता तथा दाेस्राे हिसान आइडल २०७९ काे उपाधि बालप्रभात बाेडिङ्ग स्कुलकी वर्षा क्षेत्रीले जितेकी छन् । शनिवार भएकाे ग्राण्ड फिनालेमा उनले साउनकाे झरी वाेलकाे गितमा नृत्य प्रस्तुत गरेकी थिईन । उनले उपाधिसँगै नगद २५ हजार रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र हात पारिन् ।

प्रतियाेगिताकाे फस्ट रनर अफ न्यु ग्यालेक्सी इंलिस स्कुलकी डेलियन घर्ती भईन् । उनले उनले हे कान्छी ढल्क्याे जाेवान बाेलकाे गितमा नृत्य प्रस्तुत गरेकी थिईन् ।

यसैगरी प्रतियाेगिताकाे सेकेण्ड रनर अफ नाचन च्याङवा नाचन बाेलकाे गितमा नृत्य प्रस्तुत गरेकी यमुना गुरुङ भइन् । उनी न्यु लाइट वाेडिङ्ग स्कुलकी विद्यार्थी हुन् ।

यसैगरि प्रतिभा वाेडिङ्ग स्कुलका सुशील काउछा मगर थर्ड रनर अफ बन्न सफल भए । उनले के सुनाम र मनकाे व्यथा वाेलमा गितमा नृत्य प्रस्तुत गरेकाे थिए ।

फस्ट, सेकेण्ड र थर्ड रनर अफ हुने प्रतियाेगिले क्रमश:नगद २० हजार, १५ हजार र १० हजार रुपैयाँसहित ट्रफि र प्रमाणपत्र प्राप्त गरे ।
विद्यालय र कलेज गरि ७२ स्कुल आवद्व रहेकाे हिसान कास्कीबाट २४ वटा विद्यालय र १ कलेजबाट गरि प्रतियाेगितामा २५ जनाले जनाएका थिए भने २२ गते सम्पन्न अडिसनबाट १० प्रतियाेगि (विद्यालयका विद्यार्थी)फाईनलमा प्रवेश गरेका थिए ।

यसअघि २०७४ सालमा पहिलाे पटक पहिलाे लाेक नृत्य प्रतियाेगिता सञ्चालन गरेकाे थियाे भने दाेस्राे पटक २०७६ मा दाेस्राे लाेक नृत्य प्रतियाेगिता तथा पहिलाे हिसान आइडल सम्पन्न गरेकाे थियाे ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, कास्कीकाे आयाेजनामा सम्पन्न प्रतियाेगितामा सहआयाेजक गण्डकी प्रज्ञा प्रतिष्ठान र पाेखरा प्रज्ञा प्रतिष्ठान रहेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार सरुभक्तले सहभागी प्रतियाेगिलाई आफू गर्न सक्छु भन्ने अठाेट लियर अगाडि बढ्न सुझाव दिए ।

ग्राण्ड फिनालेकाे आैपचारिक कार्यक्रमकाे सञ्चालन हिसान कास्कीका सचिव ढाकाराम कंडेल र नृत्यतर्फकाे कार्यक्रम प्रतियाेगिता संयाेजक प्रेमराज अधिकारीले गरेका थिए ।

Comments
Loading...