हिमाली आवाज । प्रदेश सभा र प्रतिनीधी सभा सदस्यको लागि पछिल्लो समयमा चुनावी अभियान तिव्र रुपमा अघि बढिरहेको छ । तर पोखरा मतदात भने ठुला पार्टीलाइ भन्दा साना पार्टीलाई अवसर दिनुपर्ने धारणा राख्छन ।
कास्की क्षेत्र नम्वर २ ‘क’ का प्रदेश सभा सदस्यका उमेरद्धार बिजय बहादुर भण्डारीको घरदैलाको क्रममा पोखरा १७ का छबी पोख्र्र्रेलले पुराना पार्टीले काम नगरेको भन्दै नयाँ पार्टीले चुनाव जित्नुपर्ने बताउनुभयो ।
पुराना सत्तामा भएका पार्टीले देश बिकाश नगरेको, जनताको समस्याको वास्था नगरेको आफ्नो र कार्यकर्ताको हितको लागि मात्र काम गरेको भन्दैै ठुला पार्टीले देश बनाउन नसक्ने भण्डारीको भनाई छ । उहाँले भन्नुभयो,‘भण्डारी जस्ता युवा र बिकासका योजना भएका नेतालाई भोट दिनुपर्छ अब’ ।
पोखरा १७ का नै टंक गौतमले ठूला पार्टी देश विकास गर्न नभइ ठुला पार्टीका नेता स्वार्थ र कुर्सीको लागि चुनावमा होमिएको बताउनुभयो ।
भ्रष्टचार मुतm देश बनाउन सक्ने देशमा उत्पादनमा जोड दिने नेताको खाँचो रहेको सुनाए । पोखरा १७ कै बासिन्दा सृष्टि पौडेलले ठुला पार्टी प्रति असन्तुष्टि ब्यतm गदै अबको आवश्यकता भनेको पढेलेखेको राष्ट्«प्रति वफादारी युवा नेताको आवश्यता भएको गुनासो पोखिन् । युवा शिक्षित नेताको खाँचो रहेको बताइन ।
युवा उम्मेदवार विजय भण्डारीले जनताको समस्या र गुनासो सुन्दै मत माग्दै आफु नष्ट हुने तर भ्रष्ट नहुने बाँचा गरेको जानकारी दिदै जनताको समस्या समाधान गर्न राजनितीमा होमिएको मतदातालाई सुनाउनुभयो ।
भण्डारीले ठुला पार्टीले जनतालाई भ्रममा पारी मत मागेको चुनाव जितेपछी सत्ता र शतिm आफ्नो हातमा पारेर देश र जनतालाई बन्द कोठामा राखेको संज्ञा दिनुभयो । जनताको मतको कदर गरी जनजिबिकाको ग्यारेन्टी गर्न आफुले उम्मेदवारी दिएको उहाँको भनाई छ ।

