प्रतिनिधिसभा उम्मेदवार बराल बिरुद्धको प्रचार झुठो भएको पुष्टि(पत्र सहित)

हिमाली आवाज । पाँच दलीय गठबन्धनबाट प्रतिनिधि सभा कास्की क्षेत्र नम्बर ३ का साझा उम्मेदवार रामजी प्रसाद बराल(जीवन) बिरुद्ध अर्नगल प्रचार गरिएको पुष्टि भएको छ ।

बरालको प्रस्पिर्धी नेकपा(एमाले)का उम्मेदवार दामोदर बैरागी पक्षका कार्यकर्ताहरुले भ्रम छर्नका लागि बराल कालो सुचीमा परेको भनेर निर्बाचन आयोगको कार्यालयमा बुधबार दिएको उजुरी झुठो सावित भएको हो ।

कर्जा नतिरेर कालो सुचीमा परेको भन्दै उजुरी गरेकोमा ऋण नतिरेमा कालो सूचिमा राख्ने आधिकारीक संस्था कर्जा सूचना लिमिटेडमा बराल कालो सुचीमा देखिएको छैन भने युवा स्वरोजगार कोषको सचिवालयले समेत निर्वाचन कार्यालयलाई पत्र लेखेर बरालले तिनुपर्ने कुनै रकम पनि बाँकी नरहेको जनाएको हो ।

युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट बराल संलग्न पोखरा–९ नयाँबजारस्थित गण्डकी माछापुच्छ्रे सहकारी संस्थाले लिएको रकम तिरेपछि, उक्त बिषयमा कालो सुचीमा राख्न कुनै पत्राचार नगरिएको कोषका कार्यकारी निर्देशक बिश्व अधिकारीले बताउनुभयो ।

तर कोषले दिएको ५० लाख सहकारीले यसअघि नै चुक्ता गरिसकेको पुष्टि भएको छ । कोषले चार वर्षअघि रकम तिर्न आग्रह सहित लेखेको पत्र सामाजिक सञ्जालमा राखेर विपक्षीले प्रचार गरेका थिए ।

साथै उक्त सहकारी कालोसूचीमा नपरेकोपनि कोषले सूचना जारी गरेर जानकारी गराईसकेको छ । सहकारी नै कालोसूचीमा नपरेपछि बराल कालोसूचीमा पर्ने कुरै भएन । तर विपक्षीहरुले कालोसूचीमा परेको भन्दै अनर्गल प्रचार गरेपछि उम्मेदवार बरालको सचिवालयले आपत्ति जनाएको छ । सचिवालयले भनेको छ, ‘हुँदै नभएको घटनालाई बढाईचढाई गरेर जनता भ्रमित पार्ने काम भएको छ । यो आपत्तिजनक छ र यसप्रति हामी खेद व्यक्त गर्दछौं ।’

सचिवालयले आगामी दिनमा यस्ता घटना नदोहो¥याउन चेतावनीसमेत दिएको छ । हामी सम्बन्धित पक्षलाई सचेत गराउन चाहन्छौं, ‘सचिवालयले भनेको छ, ‘आगामी दिनमा पनि यस्ता घटना दोहोरिए हामी चुप लागेर बस्दैनौं । ईंटको जवाफ पत्थरले दिने चेतावनी दिन चाहन्छौं ।’

यसैबीच, उम्मेदवार बरालले अनर्गल प्रचार पराजित मानसिकताको उपज भएको टिप्पणी गर्नुभएको छ । घरदैलोको अन्तिम अवस्थामा जनता भ्रमित गर्नेगरी अनर्गल प्रचार गर्नु पराजित मानसिकताको उपज हो, उनले अगाडि भने, ‘कालोसूचीमा परेको भनेर गरिएको प्रचार र उजुरी मिथ्या, कपोलकल्पित र भ्रमपूर्ण तथा पराजित मानसिकताको पराकाष्ठा हो । आईन्दा यस्तो नगर्न म विपक्षीलाई चेतावनी दिन चाहन्छु ।’ बरालले विपक्षी उम्मेदवारलाई स्वस्थ प्रतिष्पर्धामा आउनपनि आग्रह गर्नुभएको छ ।

Comments
Loading...