‘पोखरेली जनताले मायाँलाई मतमा परिणत गरेर जिताउनुहुन्छ’

हिमाली आवाज । नेकपा एकीकृत समाजवादीका पोलिट्व्युरो सदस्य एवं कास्की २ मा गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका साझा उम्मेदवार श्रीनाथ बरालले पोखरेली जनताले आफूलाई अहिलेसम्म गरेको मायाँलाई मतमा परिणत गरेर आफूलाई निर्वाचित गर्ने विश्वास व्यक्त गर्नुभएको छ।

जनताको घरदैलोमा जाँदा आफ्नो प्रतिक्षा गरेको महशुस भएको भन्दै उहाँले जनतासंग अहिलेसम्म जोडिएको र निर्वाचित भएपछि पनि निरन्तर जोडिइरहने स्पष्ट पार्नुभयो ।

बुधबार साँझ घरदैलो पछि उहाँले भन्नुभयो,‘सधै जनताको साथमा छु । उहाँहरुको सुखदुखमासंगै छु र सकेसम्म सहभागी भएको छु । यत्तिको पात्र जनताको बीचमा आए एक मौका दिऔं भन्ने उहाँहरुमा छ र मैले पनि मौका पाए जनप्रतिनिधिले कसरी काम गर्नुपर्छ भनेर अरुका लागि पनि प्रेरणा हुनेगरी काम गर्ने अठोट लिएको छु । मलाई पूर्ण भरोसा छ अहिलेसम्म मलाई पोखरेलीले दिनुभएको मायाँ मतमा परिणत गरेर मलाई जिताउनु हुनेछ ।’

उम्मेदवार बरालले पाँच दलको आफू साझा उम्मेदवार रहेकोले सबैको साथ स्वभाविक रुपमा रहेको भन्दै एमालेका पनि इमान्दार नेता कार्यकर्ताले एक पटक आफूलाई न्याय गर्ने मनस्थिति बनाएको दाबी गर्नुभयो ।

‘म पाँच दलको साझा उम्मेदवार हुँदै हुँ । एमालेमा पनि हिजो जुनढंगले न्याय हुनुपर्दथ्यो त्यो भएन । त्यो एमालेका इमान्दार नेता कार्यकर्ताले पनि महसुस् गर्नुभएको छ । उहाँहरुले पनि मलाई एक पटक न्याय गरौं भन्नुभएको छ । यस हिसावले सबैको साझा उम्मेदवार भएको मैले आफूलाई महसुस् गरेको छु ।’ उहाँले भन्नुभयो,‘पोखराको जुनसुकै भूगोलमा भएपनि यहाँका दाजुभाई दिदिबहिनीहरुले मलाई राम्रोसंग बुझ्नुभएको छ । यो सबै कुरा मंसिर चार गते हुने निर्वाचनमा मत मार्फत प्रकट गर्नुहुनेछ । त्यसैले मेरो जित निस्चित बनेको छ ।

पोखरालाई पर्यटकीय राजधानी घोषणा गराउने मात्र नभई राजधानीका लागि चाहिने पूर्वाधार निर्माणमा पनि आफू लाग्ने उहाँले प्रतिवद्धता जनाउनुभयो ।

 

Comments
Loading...