पोखरामा युवा संघका उपाध्यक्षले छाडे एमाले,माओवादी रोजे

हिमाली आवाज । एमालेनिकट युवा संघ पोखरा १७ का उपाध्यक्ष दीपक उप्रेती माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । बुधबार भएको युवा विद्यार्थी भेलामा उप्रेतीसहित ३५ जना एमाले परित्याग गरी माओवादी प्रवेश गरेको बताइन्छ ।

नवप्रवेशीहरुलाई नेकपा(माओवादी केन्द्र)का नेता एवं कास्की २ (१) मा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार विश्वप्रकाश लामिछानेले स्वागत गर्नुभयो । लामिछानेले अहिले आफूहरुको मुख्य प्रतिवद्वता नेपाली जनता समृद्धि भएको बताउनुभयो । उहाँले भन्नुभयो, मौलिक हक कार्यान्वयन गरेमात्र जनता समृद्ध हुन्छन् । यसका लागि हामी योजनावद्ध प्रयास गर्छौैंं ।’

लामिछानेले भन्नुभयो,‘नेतालाई मात्र समृद्धि आएर पुग्दैन । विपन्न परिवारको घरमा लालपुर्जा पुर्याउनुछ, जनताको समस्या समाधान गर्न गठबन्धनले चुनाव जित्नुपर्छ ।’

कास्की २ मा गठबन्धनका साझा उम्मेदवार श्रीनाथ बरालले बाँकी दिनमा चलखेल हुन सक्ने भएकाले सजग हुन आग्रह गर्नुभयो । उहाँले युवालाई जोडेर देशमै रोजगारी र समृद्धिका लागि गठबन्धनको जित जरुरी हुने बताउनुभयो ।

Comments
Loading...