कुमारजीले अघि सारेका योजना पूरा गर्ने दायित्व बोकेर आएको छु:थापा

हिमाली आवाज । गण्डकी प्रदेश सभा सदस्य उम्मेदवार विन्दु कुमार थापाले आफुले कुमार खड्काले अघि सारेका योजनाहरुलाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

पाँच दलिय गठबन्धनबाट कास्की क्षेत्र नं. २(२) प्रत्येक्ष उम्मेदवार थापाले आफु क्षेत्र २ को विकासमा दत्त चित्त भएर लागि पर्ने बताउनुभयो । पोखरा महानगरपालिका वडा १६ स्थित बाटुलेचौरमा कोणसभा गर्दै उक्त कुरा बताउनुभयो । क्षेत्र २ मा कांग्रेसको जित निश्चित देखेपछि विभिन्न तरिकाले कुमार खड्कासँग जोडेर कांग्रेसलाई हराउने षडयन्त्र बुन्ने काम भएको समेत थापाले स्पष्ट पार्नुभयो ।

थापाले वडा १६ मा उर्लिएर आएको जनताको उत्साह र जोशले चुनाव जितको नजिक पुगेको अनुभव आफुले गरेको समेत बताउनुभयो । यस अघिको चुनावी रेसमा पार्टीले २०७४ सालको नतिजालाई हेरेर आफुलाई टिकट दिएको र त्यहि कुरालाई लिएर अहिले केहि व्यक्तिले गलत तरिकाले अफवाह फैलाएको समेत बताउनुभयो । विन्दु थापा उम्मेदवार भन्दा पनि कांग्रेस उम्मेदवार भएको अभिव्यक्ति उहाँको थियो ।

कांग्रेसले जित्नु भनेको गठबन्धनले जित्ने विषय भएको थापाले बताउनुभयो । सोही क्रममा पछिल्लो समय निकै चर्चामा आएको कुमार खड्का र आफुबीचको सम्बन्धका बारेमा स्पष्ट पार्दै उहाँले निकै ठूलो अफवाह फैलाउने काम भएको उल्लेख गर्नुभयो‘कुमारजी र मेरो बीच धेरै अफवाह फैलाइयो । एउटै खाटमा सुत्दा ठोक्किन्छ नै । हामी बीच दुस्मनी छैन हामी मित्र हौं । उहाँ बौद्धिक व्यक्ती हुनुहुन्छ’, उहाँले भन्नुभयो,‘उहाँले (कुमार खड्का)यहाँ धेरै काम गर्नु भएको छ । उहाँले अघि सारेको योजनालाई पूरा गर्ने जिम्मा मेरो हो ।’

उहाँले बुधबार राति आफु घरदैलो कार्यक्रमको बेला गायक बस्तिमा गई फर्कने क्रममा आफुमाथि नियोजित तरिकाले दुव्र्यवहार भएको बताउनुभयो । ‘ हामीले गायक बस्तिमा घरदैलो सकाएर आएका थियौँ । मेरो गाडी भएको ठाउँसम्म हिडेर गएका थियौँ साझँको करिब साढे सात बजेको थियो’ उहाँले भन्नुभयो, ‘म माथीठूलो दुर्ववहार भयो । हामी स्वस्थ प्रतिस्पर्धामा जानुपर्छ ।’

थापाले आफुमाथि पैसा दिएको भन्ने आरोप लागेको र कसैले एक हजार रुपैयाँमात्र बाडेको सप्रमाण देखाएमा आफुले तत्कालै राजनीतिबाट शन्यास लिने स्पष्ट पार्नुभयो ।

Comments
Loading...