एकैदिनमा १६ अर्बले बढ्यो निक्षेप, सिडी रेसियोमा सुधार

हिमाली आवाज ।बैंकहरूको निक्षेप संकलन एकदिनमै १६ अर्बले बढेको छ । बैंकहरूको निक्षेप संकलन बढ्दा सिडी रेसियोमा पनि सुधार देखिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार कार्तिक ३० गते, बुधबारसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ५१ खर्ब ८४ अर्ब रुपैयाँ निक्षेप रहेको छ । कार्तिक २९ गते, मंगलबारसम्म बैंकहरूको निक्षेप ५१ खर्ब ६८ अर्ब रूपैयाँ रहेको थियो । एकैदिनमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १६ अर्बले बढेको हो । यसै अवधिमा वाणिज्य बैंकहरूको निक्षेप पनि १३ अर्बले बढेर ४५ खर्ब ६१ अर्ब पुगेको छ ।

बैंक तथा वित्तीय संस्थाहरूको कर्जा प्रवाह एक अर्बले घटेर ४७ खर्ब ५८ अर्ब रूपैयाँमा झरेको छ । वाणिज्य बैंकहरूको कर्जा लगानी भने ४२ खर्ब १३ अर्ब रूपैयाँमा स्थिर रहेको छ ।बैंकहरूको औसत कर्जा– निक्षेप अनुपात (सीडी रेसियो) ८७.०९ प्रतिशतबाट घटेर ८६.८५ प्रतिशतमा झरेको राष्ट्र बैंकले जनाएको छ ।

Comments
Loading...