देशभर अपेक्षा अनुसार मत खसेन,करिब ६१ प्रतिशत मात्र मतदान

काठमाडौँ । निर्वाचन आयोगले देशभर केही छिटपुटबाहेक शान्तिपूर्ण र उत्साहजक रुपमा निर्वाचन सम्पन्न भएको बताएको छ । आयोगले निर्वाचन सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएको छ।

आज साँझ पत्रकार सम्मेलन गरेर प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले विवरण प्रारम्भिक विवरण अनुसार करिब ६१ प्रतिशत मत खसेको जानकारी दिनुभयो । तथ्यांक अझै संकलनकै क्रममा रहेकाले यो प्रतिशत केही बढ्न सक्ने उहाँको भनाई छ ।

तर आयोगको अपेक्षा भन्दा कम प्रतिशत मतदान भएको जनाएको छ । विगतका तुलनामा देशभर कम मतदान भएको छ । मतदाताहरु मतदानका लागि उत्साहित देखिएका थिएनन् ।

Comments
Loading...