कास्की क्षेत्र नं २ मा घण्टीका उम्मेदवार कँडेलको अग्रता, प्रदेशमा राप्रपा अगाडि

हिमाली आवाज । कास्की निर्वाचन क्षेत्र नं २ को प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले प्रारम्भिक अग्रता बनाएको छ । आज विहानबाट सो क्षेत्रको मतगणना सुरु भएकामा स्वतन्त्रका घण्टी चुनाव चिन्हका उम्मेदवार माधव कँडेलले ९०० मत गणनामा ३८९ मत ल्याएर अग्रता बनाउनुभएको छ ।

उहाँका प्रत्याशी नेकपा(एमाले)का विद्या भट्टराईले २११ र नेकपा(एकीकृत समाजवादी)का श्रीनाथ बरालले १४४ मत पाउनुभएको छ ।
प्रदेशसभातर्फ भने राप्रपका विजयबहादुर भण्डारीले अग्रता लिनुभयो । उहाँले १ सय ९८ मत पाउँदा नेकपा एमालेका भीम कार्कीले १ सय ४५ मत पाउनुभएको छ ।यस्तै गठबन्धनका विश्वप्रकाश लामिछानेले १०६ मत पाउनुएको हो ।

Comments
Loading...