काठमाडौबाट नेपाली काँग्रेसका प्रकाशमान सिंह विजयी

हिमाली आवाज । काठमाडौं क्षेत्र नं १ बाट नेपाली काँग्रेसका प्रकाशमान सिंह विजयी हुनुभएको छ । सिंह ७ हजार १३९ मत ल्याएर विजयी हुँदा उहाँका प्रतिस्पर्धी रवीन्द्र मिश्रलाई १२८ मतान्तरले पराजित गर्नुभयो ।

सिंह ७ हजार १३९ मत ल्याएर विजयी हुँदा निकटम प्रतिद्वन्द्वी मिश्रले ७०११ मत पाउनुभयो । अघिल्लो निर्वाचन २०७४ सालमा पनि सिंहले मिश्रलाई नै पराजित गर्नुभएको थियो ।

Comments
Loading...