काँग्रेस महामन्त्री गगन थापा फराकिलो अन्तरले विजयी

हिमाली आवाज । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले ह्याट्रिक जित निकाल्नुभएको छ । काठमाडौँ–४ बाट थापाले फराकिलो अन्तरले नेकपा एमालेका राजन भट्टराईलाई हराउँदै विजयी हुनुभयो ।

भट्टराईलाई थापाले ७,४४७ मतान्तरले पराजित गर्नुभएको । थापाले २१ हजार ३०२ दुई मत प्राप्त गर्नुभएकामा भट्टराईले १३ हजार ८५५ मत ल्याउनुभयो ।  ०७४ मा पनि थापाले एमालेका भट्टराईलाई नै पराजित गर्नुभएको थियो ।

त्यो चुनावमा वाम गठबन्धनका तर्फबाट एमालेका भट्टराई प्रतिस्पर्धामा रहँदा थापाले ३२ सय मतान्तरले जित्नुभएकामा यस पटक थापाले मतान्तरले थप फराकिलो बनाउनुभयो ।

Comments
Loading...