माओवादीका महासचिव देव गुरुङलाई पराजित गर्दै एमालेका पृथ्वीसुब्बा गुरुङ निर्वाचित

,लमजुङ । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ लमजुङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ । उहाँले नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङलाई पराजित गर्नुभयो ।

पृथ्वीसुब्बाले ३४ हजार ९६९ र देव गुरुङले ३१ हजार ७८१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उहाँहरुबीच ३ हजार १८८ मत अन्तर रहेको छ ।

निर्वाचित गुरुङ २०७४ लमजुङ प्रदेश सभा २ बाट निर्वाचित भई सांसद हुँदै गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत बन्नुभयो । माओवादी केन्द्रका गुरुङ २०७४ सालमा एमाले र माओवादी गठबन्धन हुँदा प्रतिनिधि सभा सदस्यमा लमजुङबाट निर्वाचित हुनुभएको हो ।

Comments
Loading...